९ फाल्गुन २०८१, शुक्रबार

समाजवादी कम्युनिस्ट पार्टीद्वारा जनयुद्ध दिवसकाे शुभकामना

काठमाडौं :समाजवादी कम्युनिष्ट पार्टी नेपालले ३० औँ जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिएको छ ।

आज फाल्गुन १ गते जनयुद्ध सुरु भयकाे दिनलाई स्मरण गर्दै  विज्ञप्ति मार्फत सो पार्टीका महासचिव समरजंगले जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिएका हुन् ।

सो पार्टीले जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिमा अमूल्य जीवन बलिदान गर्ने हजारौँ सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै जनयुद्ध दिवस भव्यताका साथ मनाउन सबैलाई  आग्रह समेत गरेको छ । गत माघ १६ देखि १९ गते सम्म लुम्बिनी प्रदेशको रुपन्देहीको देवदहमा पार्टीको बिशेष राष्ट्रिय सम्मेलनले श्रमिक कम्युनिस्ट पार्टी नेपाल नाम परिवर्तन गरि समाजवादी कम्युनिस्ट पार्टी नेपाल राखेकाे थियाे । पार्टीले राष्ट्रिय सम्मेलनमा गरेका सन्देश प्रवाह समेत गर्ने बतायकाे छ ।