काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपालले ३०औँ जनयुद्ध दिवस तथा सन्देश प्रवाह कार्यक्रम सम्पन्न गरेकाे छ ।
काठमाडौंको बालाजु स्थित औद्योगिक क्षेत्रमा पार्टी महासचिव पूर्णबहादुर सिंह समरजङ्ग को प्रमुख आतिथ्यमा “जनयुद्ध दिवस तथा सन्देश प्रवाह कार्यक्रम” सम्पन्न गरेकाे हाे। पार्टीका स्थायी कमिटी सदस्य अवशेषले संचालन गरेकाे उक्त कार्यक्रममा अर्का स्थायी कमिटी सदस्य विनयराजले स्वागत मन्तब्य राखेका थिए।
उक्त कार्यक्रमा विभिन्न पार्टी परित्याग गरेर समाजवादी कम्युनिस्ट पार्टीमा प्रवेस गर्नेलाई स्वागत तथा अभिनन्दन गरियकाे थियाे भने जनयुद्ध, एकीकृत जनक्रान्ति र विभिन्न सङ्घर्ष/विद्रोहमा बलिदान गर्ने सहिद परिवारका सदस्यलाई सम्मान तथा अभिनन्दन गरियकाे थियाे ।
पार्टीले आगामी फाल्गुन १४ देखि २१ सम्म सहिद सप्ताहका अवसरमा देशैभर जनयुद्ध, एकीकृत जनक्रान्ति र विभिन्न सङ्घर्ष/विद्रोहमा बलिदान गर्ने सहिदका परिवारका सदस्यलाई सम्मान कार्यक्रम राखेको पनि जनाएको छ ।
पार्टी स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय साङ्गठनिक परिषद् सदस्यको उपस्थितिमा उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न भयकाे पार्टीका स्थायी कमिटी सदस्य विप्लवले बताउनु भयाे ।