६ श्रावण २०८२, मंगलवार

जाजरकोटका हेमराज उपाध्याय दाहालले अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता हासिल गरेका छन

काठमाडौं :हेमराज उपाध्याय दाहाल: जाजरकोटको अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता भयका छन ।जाजरकोट जिल्ला, छेडागाड नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्ने हेमराज उपाध्याय दाहाल एक अनुशासित, प्रतिबद्ध र निडर युवा नेतृत्वकर्ता हुन्। उनी हाल जनप्रिय माध्यमिक विद्यालय, दशेरा, जाजरकोटमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मात्र होइन, छेडागाड नगरपालिका नगर बाल सञ्जालका अध्यक्ष समेत हुन्।

हेमराजले अन्तर्राष्ट्रिय स्तरको नेतृत्व विकास प्रतियोगितामा भाग लिएर पाँचवटा देशका करिब १,१४५ भन्दा बढी बालबालिकालाई पछि पार्दै विजयी हुने गौरव हासिल गरेका छन्। यस सफलताले मात्र होइन, उनको नेतृत्वशैली, प्रतिबद्धता र आत्मविश्वासले नेपाल र विशेषगरी जाजरकोट जिल्लाको नाम विश्वभरि उजागर गरेको छ।

उनी आफ्नो गाउँ, विद्यालय र देशका लागि गर्वको विषय हुन्। हेमराजका पिता लक्ष्मीराम उपाध्याय दाहाल र माता जयनता देवी उपाध्याय दाहाल हुन्। उनका मातापिता सदैव उनको शिक्षादिक्षा र नेतृत्व यात्रामा प्रोत्साहन र समर्थन गर्ने व्यक्ति हुन्।

हेमराजको जीवन उद्देश्य केवल आफ्नो नाम चम्काउने मात्र नभएर, संसारलाई चिनाउने व्यक्तित्व बन्ने छ। उनी भन्छन्, “संसारले मलाई चिन्ने होइन, म संसारलाई चिनाउने व्यक्ति बन्न चाहन्छु।” यो विचार र आत्मबलले उनलाई अझ ठूलो सफलताको मार्गमा अग्रसर बनाएको छ।

उनको लक्ष्य भविष्यमा एक उत्कृष्ट जनप्रतिनिधि बन्ने हो, जसले आफ्ना क्षेत्रका जनताको सेवा गर्दै, शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान दिनेछ।

हेमराजको कथा बालबालिकाहरू र युवापुस्ताका लागि प्रेरणाको स्रोत हो। उनको सफलताले देखाउँछ कि अनुशासन, मेहनत र सही नेतृत्वले कुनै पनि बाधा पार गर्न सकिन्छ। उनले नेपालका युवाहरूलाई नेतृत्व विकासको महत्व बुझाउँदै अघि बढ्न उत्प्रेरित गरेका छन्।

यसरी, हेमराज उपाध्याय दाहालको यात्रा र सफलताको कथा नेपालको बाल नेतृत्व इतिहासमा सुनौलो अक्षरले लेखिएको छ, जसले सम्पूर्ण देशका युवाहरूलाई आफूमा विश्वास गर्ने, समाज र देशको लागि काम गर्ने चेतना जगाउनेछ।