१५ फाल्गुन २०८२, शुक्रबार

संस्कृति

काठमाडौं–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु

काठमाडौं–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु

संस्कृति, समाचार
काठमाडौं । देवभूमि मानव सेवा समाजको आयोजनामा काठमाडौं महानगरपालिका–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको छ। महोत्सवको पहिलो दिन काठमाडौं–३१ का वडा अध्यक्ष सरोज ढकालले कार्यक्रमको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, स्थानिय बासिन्दा र भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रम अन्तर्गत गायत्री यज्ञ, श्रीमद्भागवत कथा प्रवचन, तथा तुलादान जस्ता धार्मिक क्रियाकलापहरू गरिने आयोजक समाजले जनाएको छ। महोत्सवको उद्देश्य समाजमा धार्मिक चेतना जगाउनु, आध्यात्मिक समृद्धि ल्याउनु र मानव सेवामा सबैलाई प्रेरित गर्नु रहेको छ। यसै अवसरमा धार्मिक महोत्सवमा सहयोग गर्ने ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका अध्यक्ष तथा समाजसेवी सैलेश ठकुरी , सारा खबरका व्यवस्थापक एवं युवा नेता बिकासबाबु श्रेष्...
तिजकाे पहिलो दिन पसुपतिमा दर्शनार्थीहरुकाे भिड

तिजकाे पहिलो दिन पसुपतिमा दर्शनार्थीहरुकाे भिड

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ ।दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् । व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था समेत मिलाइएको छ । तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको  र आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए । कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने...
भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, माैसम, संस्कृति, स्वास्थ
जाजरकोट :भारतकाे उत्तराखण्ड धराली पहिराेमा बेपत्ता भयका परिवारलाई मलेसियाबाट रु ४४,१५४ नगत सहयाेग प्राप्त भयकाे छ । गत साउन २० गते मंगलबार अपरान्ह भारतकाे उत्तराखण्डकाे धरालिमा आयकाे पहिराेमा बेपत्ता भयका कुशे गाउपालिका - २ टालेगाउँका कर्ण बहादुर सिंह, मान बहादुर सिंह, निम बहादुर सिंह,राम बहादुर सि जनाका परिवारलाई मलेसिया स्थित "सेन्टर मेडिकियर कम्पनि"मा कार्यरत कामदारहरुकाे पहलमा सहयाेग स्वरुप रु .४४,१५४ नगत प्राप्त भयकाे हाे। नेपाल स्थित ईन्टरनेशनल मेन पावर कम्पनिकाे पहलमा  २०८० सालमा बैदेशिक राेजगारकाे शिलशिलामा मलेसिया पुगेका कामदारहरुले उक्त रकम सहयाेग स्वरुप प्रदान गरियकाे कम्पनिमा कार्यरत कुशे गाउपालिका - २ टालेगाऊका जिवन शाहीले बताय । सहयाेग गर्नेहरुमा क्रमश ; १ जीबन शाही कुशे गाउपालिका- २ तिमिल्धारा रु १६२५ २ महेन्द्र सिह कुशे- २ झारगाऊ रू १६५५ ३ सुर्य बिक्रम सिह कुशे २ड...
पुष्पलाल माक्र्सवादी विश्वविद्यालयद्वारा बृहत् बिचारगाेष्ठी हुने

पुष्पलाल माक्र्सवादी विश्वविद्यालयद्वारा बृहत् बिचारगाेष्ठी हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसर पार्दै आज सम्भावना र चुनाैति  विषयक बृहत बिचारगाेष्ठि तथा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । उक्त कार्यक्रममा समाजवादी कम्युनिस्ट पार्टीका महासचिव समरजंग लगायत थुप्रै बामपंथी नेता बुद्धिजीवी, लेखक,र राजनैतिक बिश्लेषकहरुकाे सहभागिता रहने आयाेजकले बताइएको छ । स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको पहिला छोराका रूपमा भएको थियो । पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महा...
सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा सम्मान अर्पण गरिने

सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा सम्मान अर्पण गरिने

शिक्षा, संस्कृति, समाचार
- माधव घिमिरे 'अटल' काठमाडौँ /  साहित्य, समाज, स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” ले विशेष सम्मान गर्ने भएको छ । यस केन्द्रले विगत वर्षहरूदेखि निरन्तरता दिँदै आएको सम्मान तथा अक्षलोक साहित्यिक पत्रिका लोकार्पण समारोह यस वर्ष पनि आयोजना गर्ने जनाएको छ । यही श्रावण ११ गते पुल्चोक इन्जिनियरिङ कलेजमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार तथा सम्मान अर्पण गरिने कुरा केन्द्रले एउटा प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएको छ । समाज रूपान्तरणमा विशिष्ट योगदान दिने साहित्य साधक, समाजसेवी, स्वास्थ्यकर्मी उद्यमी तथा शिक्षाकर्मीहरूलाई विभिन्न शीर्षकमा सम्मान गरिने उक्त वज्ञप्तिमा जनाइएको छ । सो सम्मान तथा पुरस्कार प्राप्त गर्ने विशिष्ट व्यक्तित्वहरूमा सिद्धिश्वरमान मिलन–मुक्ति आजीवन साहित्य साधन...
दुबईमा गुन्जिए कुमा सागर

दुबईमा गुन्जिए कुमा सागर

संस्कृति, समाचार
काठमाडौँ । ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर, थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन । असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए– ओ जाने भए जाउ ए माया अब धेरै नसताउ ओ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो लौ जब उनले मञ्चमा ब्याण्डसहित आफ्नै शैलीमा प्रस्तुती दिनमात्र के थालेका थिए, समर्थकले उनको स्वागतमा चर्को हुटिंग हुन सुरु भइहाल्यो । यूएईको दुबईस्थित अल नासर लेजरल्याण्डको हलमा ४ हजार भन्दा बढी दर्शकको सहभागितामा आइतबार साँझ कुमा सागर र खोप ब्याण्डले धमकेदार प्रस्तुति दिएको हो । गोर्खा साँझ सिजन ३ को उक्त प्रस्तुतीमा कुमा सागर पहिलो पटक दुबईमा गुञ्जिएका हुन् । उनको दुबईमा पहिलो प्रस्तुती भएर पनि होला उनका फ्यानहरु चर्को गर्मीका बिच कार्यक्रम हेर्न आइपुगेका थिए । कुमाले आफ्नो प्रस्तुतीका क्रममा हावाको लहर, ओ चम्पा, चमेलीको फूलसहित नेपाली संगीत र धुनहरु ...
बिकास काेषद्वारा भक्तजनका लागि निशुल्क बससेवा

बिकास काेषद्वारा भक्तजनका लागि निशुल्क बससेवा

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :पसुपतिनाथकाे मन्दिरमा श्रावन महिनाको सोमबार दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको सहजताको लागि पशुपति क्षेत्र विकास कोषले बिहान ४:०० बजे देखि १०:०० बजे सम्म ४ वटा बसमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेको छ। रुट १ - बल्खु - कलंकी - बालाजु - नारायण गोपाल चोक - चाबहिल हुदैँ पशुपति पार्किङ। रुट २ - बल्खु - सातदोबाटो - कोटेश्वर - ऐरपोर्ट हुदैँ पशुपति पार्किङ। मयुर यातायात संगकाे सहकार्यमा उक्त सेवा संचालन गरेकाे बिकाश काेषले जानकारी दियकाे छ ।...
मानव सेवा फाउन्डेसनले पशुपतिमा आज देखि महायज्ञ सुरु गरेकाे छ

मानव सेवा फाउन्डेसनले पशुपतिमा आज देखि महायज्ञ सुरु गरेकाे छ

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौ : आज साउन १ गते नेपालकाे सबै भन्दा ठुलाे धार्मिक स्थल काठमाडौंकाे पशुपति मन्दिरमा महायज्ञ सुरु भयकाे छ ।मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा  “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२”को प्रारम्भ भएको छ ।उक्त फाउन्डेसनले पशुपति क्षेत्र वरिपरि परिक्रमा गरेर महायज्ञ सुरुवात गरेकाे हाे । काठमाडौं महानगरपालिका - १४ कलंकी मा केन्द्रिय कार्यालय रहेको मानवसेवा फाउण्डेसनले यहि २०८२आज साउन १ गते देखि आगामी भदौ २१ गते सम्म पशुपति क्षेत्रमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२” चल्नेछ। यो फाउण्डेसनले अहिले पनि गोदावरी नगरपालिका वडा नं. १४ मा मामा घर अनाथालय आश्रम र चागु नारायण नगरपालिका -९ मा छोरीको घर जेष्ठ नागरिक आश्रम सन्चालन गरिरहेको जनाएको छ । फाउन्डेसनले देशै भरि यस्ता बिभिन्न धार्मिक कार्यक्रमहरु गर्ने क्...
मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा हुने महायज्ञको तयारी पुरा

मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा हुने महायज्ञको तयारी पुरा

संस्कृति, समाचार
काठमाडौं । मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा हुने “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२”को प्रारम्भिक तयारी पुरा भएको छ । कामपा १४ कलंकी मा केन्द्रिय कार्यालय रहेको मानवसेवा फाउण्डेसनले यहि २०८२ साउन १ गते देखि भदौ २१ गते सम्म पशुपति क्षेत्रमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२” गर्न लागिरहेको छ । यो फाउण्डेसनले अहिले पनि गोदावरी नगरपालिका वडा नं. १४ मा मामा घर अनाथालय आश्रम र चागु नारायण नगरपालिका ०९ मा छोरीको घर जेष्ठ नागरिक आश्रम सन्चालन गरिरहेको जनाएको छ । फाउन्डेसनले देशै भरि यस्ता बिभिन्न धार्मिक कार्यक्रमहरु गर्ने क्रममा यो साउनमा पशुपति क्षेत्रमा महायज्ञ गर्न लागेको हो । फाउण्डेसनले यो महायज्ञबाट उठेको दानले अक्षयकोष स्थापना गर्ने र आफ्नै निजि स्वामित्वमा रहेको जग्गाामा बाल आश्रम र बृदाआश्रम न...
“दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड — २०२५”फाईनल कार्यक्रम सम्पन्न : २३ जनाले पाए अवार्ड ३१ जना सम्मानित

“दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड — २०२५”फाईनल कार्यक्रम सम्पन्न : २३ जनाले पाए अवार्ड ३१ जना सम्मानित

मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । एक्टिभ म्युजिक प्रा.लि.ले आयोजना गरेको “दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड — २०२५”फाईनल कार्यक्रम सम्पन्न भएको छ । चलचित्र बिकासबोर्ड चाबहिलमा पुर्व उपराष्ट्रपति ,नेकपा(माओवादी केन्द्रका) उपाध्यक्ष एवं माओवादीले २०५२ साल देखि २०६३ साल सम्म गरेको जनयुद्धका चर्चित सैन्य कमाण्डर नन्द बहादुर पुन (पासाङ) को प्रमुख आतिथ्यतामा तथा एक्टिभ म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम पछिल्लो समय आम दर्शकहरुको मन मुटुमा बस्न सफल मोडल, साहित्यकार तथा कुशल कार्यक्रम सन्चालक दिपेन्द्र शाहीले सन्चालन गर्नुभएको थियो ,। कार्यक्रममा बिशेष अतिथिको रुपमा चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ निर्देशक तथा कलाकार मोहन निरौला, वरिष्ठ निर्देशक तथा कलाकार शुभाष प्रसाद गजुरेल,जन आकाश साप्ताहिकका सम्पादक तथा अध्यक्ष मोहन कार्की,पपुल...