
मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा हुने महायज्ञको तयारी पुरा
काठमाडौं । मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा हुने “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२”को प्रारम्भिक तयारी पुरा भएको छ ।
कामपा १४ कलंकी मा केन्द्रिय कार्यालय रहेको मानवसेवा फाउण्डेसनले यहि २०८२ साउन १ गते देखि भदौ २१ गते सम्म पशुपति क्षेत्रमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२” गर्न लागिरहेको छ ।
यो फाउण्डेसनले अहिले पनि गोदावरी नगरपालिका वडा नं. १४ मा मामा घर अनाथालय आश्रम र चागु नारायण नगरपालिका ०९ मा छोरीको घर जेष्ठ नागरिक आश्रम सन्चालन गरिरहेको जनाएको छ ।
फाउन्डेसनले देशै भरि यस्ता बिभिन्न धार्मिक कार्यक्रमहरु गर्ने क्रममा यो साउनमा पशुपति क्षेत्रमा महायज्ञ गर्न लागेको हो ।
फाउण्डेसनले यो महायज्ञबाट उठेको दानले अक्षयकोष स्थापना गर्ने र आफ्नै निजि स्वामित्वमा रहेको जग्गाामा बाल आश्रम र बृदाआश्रम न...