२२ कार्तिक २०८२, शनिबार

आपसी सद्भावको लयलाई समेत सहि बाटोमा डोर्याउन परम्परागत संस्कृति संरक्षणले मद्दत गर्छ — ठुलोबाबु श्रेष्ठ

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले परम्परागत संस्कृति संरक्षण गर्न गरिने पुजाआजाले साथिभाईको जमघट भई भावनात्मक एकता कायम हुनुको साथै आपसी सद्भाव समेत बढ्ने बताउनु भयो ।
कार्तिक १८ गते आफ्नै निजी निवास तारकेस्वर नगरपालिकामा रुद्रीपुजा,नारायणपुजा र लाख बत्ती प्रज्वलन गर्ने कार्यक्रम समापनमा मिडिया संग कुरा गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघका प्रथम उपाध्यक्ष केदार अधिकारी ,उपाध्यक्ष ईश्वर खड्का,महासचिव विवेक दास श्रेष्ठ, महासंघका अन्य पदाधिकारी तथा सदस्यहरू, काठमाडौं जिल्लाका अध्यक्ष सुनिल कुमार अमात्य लगायत पदाधिकारीहरु,क्षेत्रीय समितिको अध्यक्ष,प्रतिनिधि तथा एरिया समितिका अध्यक्ष लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सिन्धुपाल्चोकका माओवादी नेताहरु बिदुरप्रसाद चौलागाईं ,महेशलाल श्रेष्ठ ,तोक बहादुर गधराज,गोकुल प्रसाद दंगाल लगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई अझ संस्कृतिमय बनाउन स्थानिय छिमेकी तथा त्यहीँका भजन टोलिले आफ्नो सांस्कृतिक प्रस्तुति समेत राखेका थिए ।
यस्ता धार्मिक कार्यक्रमहरुलाई बिकृतिको रुपमा नभई एउटा पर्व र साथिभाईको आत्मियतालाई अझ प्रगाढ बनाउने तर्फ उन्मुख हुनु पर्नेका अध्यक्ष श्रेष्ठले जोड दिनु भएको छ ।
यो कार्यक्रम आफ्नो निजि भएपनि यसले आफु बसेको टोल छिमेक र साथिभाई बिचमा भावनात्मब सम्बन्ध बिस्तार गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको उहाँको ठहर छ ।
अध्यक्ष श्रेष्ठले आफ्नो आधिकारीक फेसबुक मार्फत कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार र कृतज्ञता समेत व्यक्त गर्नुभएको छ ।