२२ कार्तिक २०८२, शनिबार

सिन्धुपाल्चोकमा प्रधानाध्यापक माथिको आक्रमण निन्दनीय : ज्ञानेन्द्र गौतम

काठमाडौं । भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका सिन्धुपाल्चोक संयोजक ज्ञानेन्द्र गौतमले इन्द्रावती गाउँपालिका वडा नम्बर १ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ इन्द्रावतीका सदस्य अञ्जना भण्डारी माथि भएको आक्रमणको घोर भर्सना गरेका छन् ।
प्र.अ. भण्डारीलाई २०८२ कार्तिक १८ गते मध्यान्न समयमा विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेको अवस्थामा इन्द्रावती गाउँपालिका वडा नम्बर १ बसेरी निवासी सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रमेश भन्ने खाम्सोङ तामाङले अभद्र व्यवहार गर्दै गाली बेइज्जत सहित आँखा तथा गालामा गम्भीर चोटपटक लाग्ने गरी सांघातिक आक्रमण गरेको घटनाप्रति भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल (सिन्धुपाल्चोक)को ध्यानाकर्षण भएको भएको भन्दै प्रेस विज्ञप्ति समेत जारि गरेको छ ।
संयोजक गौतमको हस्ताक्षर रहेको सो विज्ञप्तिमा “शैक्षिक संस्थाभित्र यस किसिमको घटना घोर भत्र्सना र निन्दनीय छ । यस किसिमको निन्दनीय घटना घटाउने निज तामाङलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकाय समक्ष भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल (सिन्धुपाल्चोक) जोडदार माग गदर्छ । यदि अभियुक्तलाई कारबाही गर्नमा ढिलासुस्ती भएमा यसबाट निस्कने परिणामप्रति सम्बन्धित निकायहरू नै जिम्मेवार रहने छन् । साथै पीडित प्रअ तथा महिला शिक्षक अञ्जना भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।” भनिएको छ ।