१५ बैशाख २०८३, मंगलवार

वितुसिंह-विन्दसरा सिंह स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति सहिद सन्तति समर सिंह र मेलिना सिंहलाई

काठमाडौं : वितुसिंह-विन्दसरा स्मृति प्रतिष्ठानद्वारा वितरण गरिने छात्रवृत्ति यश वर्ष जनयुद्धका सहिद ललित बहादुर सिंह (मण्डल) का सन्ततिलाई सम्मान सहित वितरण गरियकाे छ। समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह  (समरजंग)ले आफ्ना पिता वितु सिंह र आमा विन्दसरा सिंहकाे स्मृतिमा २०७८ सालमा स्थापना गरियकाे उक्त प्रतिष्ठानले प्रत्येक  बर्ष जेहेन्दार र विपन्न-दुईजना बालबालिकालाई ५/५ हजार नगत र सम्मान पत्र सहित सम्मान गर्दै आयकाे छ ।

२०८२ सालकाे छात्रवृत्ति सहिद मण्डलका छाेरा समर सिंह र छाेरी मेलिना सिंहलाई वितरण गरियकाे छ । काठमाडौंमा एक कार्यक्रम आयाेजना गरि  समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य द्वाेय माधव गाैतम ( विनयराज ),विनाेद थापा (सर्वजित) र जनपक्षीय पत्रकार संगठनका अध्यक्ष राम बहादुर सिंह (रेडियम) उक्त प्रतिष्ठानका अध्यक्ष उषा राना (सिंह) काे सहभागी रहेकाे थियाे । छात्रवृत्ति सहित समाजवादी कम्युनिस्ट पार्टी नेपालले न्यानाे कपडा ( १/१ सेट जकेट) सहित सम्मान गरेकाे थियाे ।

आफुले प्राथमिक शिक्षा प्राप्त गरेकाे र बुवा वितुसिंह र उक्त विद्यालयका संस्थापक प्रध्यानाध्यापक मान बहादुर शाहीकाे पहलमा कुशे गाउपालिका – २ गुमथले स्थित श्री जनकल्याण आधारभूत विद्यालय स्थापना भयकाे हाे । जनयुद्धका सहिद ललित बहादुर सिंह ( मण्डल )ले पनि उक्त विद्यालयमा प्राथमिक शिक्षा प्राप्त गरि २०५५सालमा जनयुद्धमा  लागेका थिए, निरन्तर जनयुद्धमा हाेमियका मण्डलले २०६२ सालमा पाल्पाको तिनगिरे भन्ने ठाउमा शाही नेपाली सेना संगकाे भिडन्तमा सहादत प्राप्त गरेका थिय । सहिद मण्डलकि पत्नी अम्बिका सिंह ( शर्मिला ), दुई सन्तान छाेरा समर सिंह, छाेरी मेलिना सिंह,आमा – बुवा, एक दिदी र दुई भाइ- र एक बहिनी छन ।