काठमाडौं :नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री, प्रतिनिधी सभा सदस्य शक्ति बहादुर बस्नेतलाई पितृ शोक परेको छ ।
बस्नेतका पिता डण्डविर बस्नेतको आइतबार ९४ बर्षको उमेरमा ग्रान्डी अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो ।
भोली (सोमबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।...
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले सहिद, बेपत्ता,याेद्धा, घाइते अपांग परिवारलाई स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । सहिद सप्ताहकाे पहिलाे दिन फागुन १४ गतेकाे दिनलाई बिशेष स्मरणकाे रुपमा मनाउँदै जनयुद्धका प्रथम सहि दिल बहादुर रम्तेल लगायत जनयुद्ध,एकीकत जनक्रान्ति र विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने महान सहिद र बेपत्ता याेद्धाहरुकाे स्मरण गर्दै उनका परिवारलाई सम्मान स्वरुप उक्त कार्यक्रम आयाेजना गरियकाे गरियकाे हाे ।
पार्टीका स्थायी कमिटी सदस्य विनयराजकाे विशेष उपस्थितिमा र पार्टीका पाेलिटब्युराे सदस्य, केन्द्रीय सदस्य केन्द्रीय, संगठन परिषद्का सदस्यहरु काे उपस्थितिमा जनयुद्ध, एकीकृत जनक्रान्ति लगायत विभिन्न आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने महान सहिदलाई स्मरण गर्दै उनका परिवारलाई सम्मान गरियकाे थियाे ।
...
काठमाडौं : बुढानिलकण्ठ नगरपालिका काठमाडौले आगामी "चाैथाे राेजगार तथा वृत्ति मेला -२०८१" संचालनका लागि सम्पुर्ण काम पूरा भयकाे जानकारी दियकाे छ।२०७८ साल देखि शृङ्खला बद्ध रुपमा संचालन हुँदै आयकाे उक्त वृत्ति मेला यहि फाल्गुन २ र ३ गते संचालन हुने नगरपालिकाले जानकारी दियकाे हाे ।
"शिक्षा सीप र उद्यमशिलता ! राेजगारी हाम्रो प्राथमिकता !!" भन्ने मुल नारा सहित चाैथाे राेजगारी तथा वृत्ति मेला आयाेजना गरियकाे नगर प्रमुख मिठाराम अधिकारीले बताउनु भयाे ।´मेलामा युवा राेजगारीलाई प्राथमिकतामा राखिएको छ।` मेलालाई ब्यवस्थित रुपमा संचालन गर्न नगर प्रमुख मिठाराम अधिकारी संयाेजक र उप प्रमुख अनिता लामा सह-संयाेजक रहने गरि मुल आयाेजक समिति गठन गरियकाे छ।
मेलाको सम्पुर्ण काम पूरा भयकाे जानकारीका लागि आज बृहत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरियकाे थियाे । मेलामा ४१ वटा स्टल रहने छन जसमा २० वटा राेजगारदा...
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले जनयुद्ध दिवस मनाउन सम्पुर्णमा आव्हान गरेकाे छ ।
आज एक पत्र सार्वजनिक गर्दै पार्टीले ३० ओै जनयुद्ध दिवस भब्य रुपमा मनाउने बतायकाे छ । गत माघ १६- १९ गते सम्म लुम्बिनी प्रदेशको देवदह मा सम्पन्न बिशेष राष्ट्रिय सम्मेलनले श्रमिक कम्युनिस्ट पार्टी नेपाल नाम परिवर्तन गरि "समाजवादी कम्युनिस्ट पार्टी नेपाल" राखेकाे थियाे ।
उक्त पार्टीले राष्ट्रिय सम्मेलनबाट गरेका निर्णय सार्वजनिक गर्न राजधानी काठमाडौंमा सन्देश प्रवाह कार्यक्रम समेत गर्ने बतायकाे छ ।
...
काठमाडौं / साँगे सभ्यताको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै समुदायलाई एकताबद्ध गर्ने अभिप्रायका साथ आगामी फाल्गुण ३ गते प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने भएको छ।
साँगे दर्पण प्रकाशन समितिको संयोजनमा भर्चुअल माध्यमबाट यस सम्मेलन हुन लागेको हो । माघ २८ गते काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरि साँगे सम्मेलनमा ‘साँगे सभ्यता संरक्षण तथा विकास अभियान’ को औपचारिक घोषणा गरिने कार्यक्रम रहेको पनि जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा समितिले यस ऐतिहासिक सम्मेलनमा करिब ५०० जना सहभागी हुने अपेक्षा गरिएको जनाएको छ। सम्मेलनमा स्वागत मन्तव्य, राष्ट्रिय गान, परिचयात्मक सत्र, सहभागी वक्ताहरूका मन्तव्य, धन्यवाद ज्ञापन, क्षेत्रगत संयोजन समिति प्रस्ताव, तथा साँगे सभ्यता संरक्षण तथा विकास अभियान कार्यसमिति गठनजस्ता गतिविधिहरू समावेश गरिनेछ। यो सम्मेलनले साँगे सभ्यताको संरक्षण, प्रवर्द्धन, र समृद्धिक...
काठमाडौं :आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् ।आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
आज सरकारले पनि साेनाम ल्हाेछार पर्वका अवसरमा सार्वजनिक बिदा दियकाे छ ।...
काठमाडौं :प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ ।
विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो अझै मेटिएको छैन । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिवद्धता भने निरन्तर आउने गरेको छ ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । २०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीम...
जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन् । सामाजिक विकास कार्यालय जाजरकोटको सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले महिलाहरुका लागि पञ्चेबाजा बजाउने तालिम दिएपछि यतिवेला जाजरकोटका विभिन्न ठाउबाट २० जना महिलाहरु सहभागी भयर पञ्चेबाजा बजाउन सिकिरहेकि छिन ।
कुशे ५ का ६७ बर्षिय लाले दमाईले पञ्चेबाजा बजाउने तालिम दिईरहेका छन् । गत पुसकाे २१ गते देखि महिलाहरुले सदरमुकाम खलंगामा २० दिने उक्त बाजा बजाउने तालिम लिईरहेका छन् ।
अवसर दिएपछि महिला पनि पुरुष जस्तै बाजा बजाउन सक्छन् भन्ने उदाहरण जाजरकोटकि महिला दिदी बहिनिहरु बन्न थालेका छन् । केही निश्चित शुल्क लिएर आवश्यक परेको ठाँउ महिला समुहले बाजा बजाउने जनाएका छन् ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाईमा तालिम प्राप्त महिलाहरुलाई आवश्यक परेको ठाँउ बाजा बजाउन निश्चित शुल्क लिएर पठाईने प्रतिष्ठानका अध्यक्ष ...
जाजरकोट : भेरि नगरपालिका जाजरकाेटकाे १६ ओैं नगर सभा सम्पन्न भयकाे छ ।आईतवार भेरि नगरपालिका जाजरकोटकाे सभा भवनमा १६ ओैं नगर सभा तथा ( विधायन - २०८१ )सम्पन्न भयकाे हाे।
नगर सभाकाे प्रारम्भमा उक्त सभामा गरिनु पर्ने आचारसंहिता बारे नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले जानकारी दिए संगै नगर प्रमुख चन्द्र प्रकाश घर्ती काे अध्यक्षतामा नगर उप प्रमुख सीता जैसि, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि र तेह्रवटै वडाका अध्यक्ष र वडा सदस्यहरुकाे सहभागीतामा उक्त सभा संचालन भयकाे थियाे ।
नगर सभाकाे सुरुवातमा विभिन्न ऐन तथा विधेयकहरु प्रस्तुति गरियकाे थियाे। जस अन्तरगत -
१- खानी तथा खनिज पदार्थको उत्खनन् विधेयक २०८१,
२-भाैतिक पुर्वाधार बिकास तथा व्यवस्थापन विधेयक,२०८१
३-सामाजिक सुरक्षा विधेयक २०८१
४-स्वास्थ्य सरसफाइ ऐन- २०७४काे तेस्रो संशोधन,२०८१
५-सामाजिक सुरक्षा नि...
सुर्खेत : आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, ...