काठमाडौं :पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसर पार्दै आज सम्भावना र चुनाैति विषयक बृहत बिचारगाेष्ठि तथा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । उक्त कार्यक्रममा समाजवादी कम्युनिस्ट पार्टीका महासचिव समरजंग लगायत थुप्रै बामपंथी नेता बुद्धिजीवी, लेखक,र राजनैतिक बिश्लेषकहरुकाे सहभागिता रहने आयाेजकले बताइएको छ ।
स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको पहिला छोराका रूपमा भएको थियो । पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरेका थिए । नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो ।