१० श्रावण २०८२, शनिबार

निलकमल ह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर

काठमाडौं । निलकम लह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर भएको छ ।
आर्थिक बर्ष २०८१/०८२ मा नेपालबाट सबैभन्दा बढि कामदार बैदेशिक रोजगारमा पठाउन सफल मेनपावरको उपाधि पाएको निलकमल ह्यूमन रिसोर्स प्रा.लि.ले बैदेशिक रोजगार बिभागको आई टि मा सेटिङ गरेर अबैधानिक कार्य भएको पाईएको छ ।
निलकम लह्यूमन रिसोर्स प्रा.लि.ले मिति सन् २०२३ /०४/ ०७ अर्थात २०७९ चैत्र २४ गते लट नं. २८४२९२ मार्फत कुवेतको एक कम्पनिमा १५० जनापुरुष र २५० जनामहिलाकामदार पठाउन नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय , बैदेशिक रोजगार बिभागताचाहाल बाट अन्तिम श्रम स्विकृतिको लागि अनुमति पाएको देखिन्छ ।
कुवेतमा रहेको कम्पनि संग २ बर्षको लागि कामदार सम्झौता गरेको यो म्यानपावर कम्पनिले सम्झौता म्याद सकिएको अवस्थामा समेत सोहि सम्झौत ापत्र तथा नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , बैदेशिक रोजगार बिभाग ताचाहाल बाट अन्तिम श्रम स्विकृतिको सोहि पत्र प्रयोग गरि ३० जना महिलाहरुलाई कुवेत पुर्याएको पाईएको छ ।
बैदेशिक रोजगार ऐन २०६४को दफा १५ उपदफा २ तथा बैदेशिक रोजगार नियमावली २०६४ को परिच्छेद ४ , १२ (क) अनुसार कामदार लाई बैदेशिक रोजगारमा पठाउन पुर्व स्विकृति पाएको मितिले बढिमा २ बर्ष भित्र सम्बन्धित कम्पनिमा पठाई सक्नु पर्ने प्रवधान रहेपनि यो मेनपावर कम्पनिले २ बर्ष पछाडी समेत सोहि कागजातहरु प्रयोग गरि कामदार लाई कुवेत पठाएको पाईएको छ ।
निलकम लह्यूमन रिसोर्स प्रा.लिले पाएको पुर्व स्विकृत मितिले हेर्दा सन् २०२५/४ / ६ मा म्याद समाप्त हुन्छ तर सो मेन पावर कम्पनिले सन्. २०२५ / ४ /१४ मा बैदेशिक रोजगार बिभाग बाट श्रम स्विकृति लिएर ३० जना महिलाहरुलाई कुवेत पुर्याएको छ ।
यो बिषयमा बैदेशिक रोजगार बिभाग ताचाहका महानिर्देशक कमल प्रसाद भट्टराईले बिभागभित्र हुने अनियमितता बिरुद्ध आफु कठोर भएर प्रस्तुत हुने बताउनु भएको छ भने सो बिषयमा के भएको हो भन्ने आन्तररिक रुपमा अनुसन्धान भई रहेको र सत्य तथ्य पत्ता लगाई दोषि उपर कडा कार्बार्हि गर्न मन्त्रालयमा पत्राचार भई सकेको बताउनु भयो ।
यो बिषयमा बिभागको आई टि हेर्ने तत्कालिन अधिकृतको सरुवा भएको कारण के भएको तत्कालै भन्न सक्ने अवस्था नभए पनि कहिँ न कहिँ त्रुटि भएको बिभागले जनाएको छ ।