जाजरकोट : छेडागाड नगरपालिकाको १८ औं नगर सभा तथा ९ औं बजेट अधिबेशन सुरु भएको छ।सभाले ६५ बर्ष भन्दा माथिका बिदुर नागरिकलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ताको ब्यबस्था गरिने बताइएको छ । साथै सभाले आर्थिक बर्ष २०८२/०८३काे बजेटमा शिक्षा ,स्वास्थ्य, खानेपानी र कृषिमा प्राथमिकता दिने बताएको छ ।
“समृद्ध छेडागाड हाम्रो भबिष्य” भन्ने मुल नाराका साथ छेडागाड नगरपालिका जाजरकोटकाे १८औं नगर सभा तथा ९ औं बजेट अधिबेशन जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ती बालेर उदघाटन गरेका थिय ।
नगर पालिकाको कृषि सभाहलमा उदघाटन भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत हेम कुमार ढकालले गरेका छन । कार्यक्रमका अतिथिहरुलाई स्वागत मन्तव्य द्वारा स्वागत नगर उपप्रमुख चन्द्र बहादुर थापाले गर्नुका साथै आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिय।अन्य अतिथिहरुमा नेकपा एमालेका नेता तथा पुर्व नगर प्रमुख लालबहादुर महतारा, एकीकृत समाजवादीका नेता कृष्ण बहादुर बिसी, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य प्रेम बहादुर के सी आयोग, नेपाली, काँग्रेसका क्षेत्रिय सभापति जनक राज शर्मा लगायत रहेका थिए ।
नीति तथा कार्यक्रम अन्तर्गत शिक्षा,स्वास्थ्य ,खानेपानी र कृषि क्षेत्रलाई प्रमुख आधारका रुपमाल लिने गुणस्तरिय तथा प्रभावकारी रुपमा लागु गर्न तर्फ पनि ध्यान दिएको छ ।
यस्तै नीति तथा कार्यक्रममा नगर पालिकाको बेरुजु घटाउनको लागि फजुल खर्च कटौति गर्ने नीति तथा कार्यक्रममा प्रथामिकता दिएको छ ।