
प्रथम साँगे सम्मेलन २०८१ फाल्गुण ३ मा
काठमाडौं / साँगे सभ्यताको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै समुदायलाई एकताबद्ध गर्ने अभिप्रायका साथ आगामी फाल्गुण ३ गते प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने भएको छ।
साँगे दर्पण प्रकाशन समितिको संयोजनमा भर्चुअल माध्यमबाट यस सम्मेलन हुन लागेको हो । माघ २८ गते काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरि साँगे सम्मेलनमा ‘साँगे सभ्यता संरक्षण तथा विकास अभियान’ को औपचारिक घोषणा गरिने कार्यक्रम रहेको पनि जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा समितिले यस ऐतिहासिक सम्मेलनमा करिब ५०० जना सहभागी हुने अपेक्षा गरिएको जनाएको छ। सम्मेलनमा स्वागत मन्तव्य, राष्ट्रिय गान, परिचयात्मक सत्र, सहभागी वक्ताहरूका मन्तव्य, धन्यवाद ज्ञापन, क्षेत्रगत संयोजन समिति प्रस्ताव, तथा साँगे सभ्यता संरक्षण तथा विकास अभियान कार्यसमिति गठनजस्ता गतिविधिहरू समावेश गरिनेछ। यो सम्मेलनले साँगे सभ्यताको संरक्षण, प्रवर्द्धन, र समृद्धिक...