
मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा
नेपालगन्ज, परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्डतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको जानकारी गराईएको छ ।
आज बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराउनु भयो ।
अध्यक्ष वैश्यका अनुसार यस पटक परमपुज्य योगीराज श्री १००८ हडिया बाबा आश्रममा ५९ औं मेलाको आयोजना हुन गईरहेको तथा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकारहरुलाई बोलाउनुका साथै मंसिर २ गते रुद्री पूजा, मंसिर ३ गते श्रीकृष्ण जनम, मंसिर ४ गते कालिया नाग नाथन, मंसिर ५ गते सुदामा चरित्र, मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिने बताउनुभयो ।
अध्यक्ष वैश्य...