जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा बजाउदै ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छन।“सबै महिला तथा बालिकाको लागि,अधिकार, समानता र सशक्तिकरण”! भन्ने मुल नाराका साथ बिश्वभर आज विभिन्न कार्यक्रम गरि नारी दिवस मनाउने चलन छ ।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागीमा महिला हक अधिकार सशक्तीकरणको माग गर्दै जिल्लाको भेरि नगरपालिका वडा नम्बर -४ शान्तीचाैतारा बसपार्कदेखी वडा नम्बर- ३ नगरपालिकाकाे कार्यलय सम्म र्याली गरिएको थियो । जाजरकोटी महिलाहरुकाे पन्चेबाजा प्रस्तुति गरेर र्यालीकाे अगुवाइ गरियकाे थियाे ।
महिला र बालिकाको लागि :सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने उदेश्यका साथ प्रतेक बर्षकाे मार्च ८ मा नारी दिवस मनाउने गरिन्छ।
सन् १८५७ मा अमेरिकी महिलाहरुले न्यूयोर्कमा रहेको कपडा मिलमा आफुहरुलाई पनि पुरुष सरह समान श्रम र समान पारिश्रमिक पाउनु पर्ने माग राखि इतिहासमै पहिलो पटक हड्तालमा उत्रिएका थिए ।
यो विश्वकै पहिलो सशक्त र सँगठित महिला विद्रोह थियो । त्यही संघर्षको निरन्तरता स्वरुप सोही मिलमा तीन वर्षपछि सन् १८३० को मार्च ८ मा पहिलो महिला सँगठन स्थापना गरेका थिए
यसैक्रममा केही वर्ष पछि फ्रान्सको पेरिसमा सन् १८८९ मार्च ८ कै दिन भएको श्रमिक महिलाहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा सर्वप्रथम महिला नेतृ -क्लारा जेट्किनले महिला पुरुष बीचको समानता र अधिकारबारे सम्बोधन गरेकी थिइन । यस्तै सन् १८९७ मार्च ८ कै दिन अमेरिकाको औद्योगिक शहर न्यूयोर्कमा ज्याला र दश घण्टा भन्दा बढि कामको विरोधमा जुलुस, आमसभा र हड्ताल गरेका थिए । यसरी नेपालमा पनि १० बर्षिय जनयुद्धमा हजाराै महिलाहरु आफ्नाे मुक्ति र अधिकार प्राप्तिका लागि हाेमियका थिए । फलतः आज राष्टपति देखि सरकारकाे उच्च तह सम्मा महिलाहरु सहभागीता निकै बाक्लियकाे छ ।