९ फाल्गुन २०८१, शुक्रबार

जनयुद्ध दिवस मनाउन समाजवादी कम्युनिस्ट पार्टीको आह्वान

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले जनयुद्ध दिवस मनाउन सम्पुर्णमा आव्हान गरेकाे छ ।

आज एक पत्र सार्वजनिक गर्दै पार्टीले ३० ओै जनयुद्ध दिवस भब्य रुपमा मनाउने बतायकाे छ । गत माघ १६- १९ गते सम्म लुम्बिनी प्रदेशको देवदह मा सम्पन्न बिशेष राष्ट्रिय सम्मेलनले श्रमिक कम्युनिस्ट पार्टी नेपाल नाम परिवर्तन गरि “समाजवादी कम्युनिस्ट पार्टी नेपाल” राखेकाे थियाे ।

उक्त पार्टीले राष्ट्रिय सम्मेलनबाट गरेका निर्णय सार्वजनिक गर्न राजधानी काठमाडौंमा सन्देश प्रवाह कार्यक्रम समेत गर्ने बतायकाे छ ।