१८ चैत्र २०८१, सोमबार

सांस्कृतिक प्रतिरोध दिवसकाे महत्त्व विषयीक विचारगाेष्ठि तथा जन अभियान उद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौं : साँस्कृतिक प्रतिरोध दिवसकाे, महत्त्व विषयीक विचारगाेष्ठि र जन अभियान उद्घाटन कार्यक्रम सम्पन्न भयकाे छ।

समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट साँस्कृतिक माेर्चा “अखिल नेपाल जनसाँस्कृतिक महासंघ”काे आयाेजनामा २७ ओै साँस्कृतिक प्रतिरोध दिवस कार्यक्रमका अवसरमा विचार गाेष्ठी तथा पार्टीको ३ महिने जन अभियान उद्घाटन कार्यक्रम आज काठमाडौंकाे बालाजुस्थित ईन्जिनियरिङ कलेजको हलमा  सम्पन्न भयकाे हाे । प्रतिरोध दिवस विचार गाेष्ठि कार्यक्रममा महासंघका अध्यक्ष अशाेक सुवेदीको अध्यक्षतामा भयकाे उक्त कार्यक्रमकाे संचालन राम बहादुर सिंह ” रेडियम”ले गरेका थिय। कार्यक्रममा प्रमुख अतिथि पार्टी महासचिव समरजंङग र बिशेष अतिथिका रुपमा प्रध्यापक डाक्टर राम प्रसाद ज्ञवाली र अन्य अतिथिहरुमा पार्टीका स्थायी कमिटी सदस्य अवशेष ,विनयराज, पाेलिटब्युराे सदस्य ,केन्द्रीय सदस्य तथा विभिन्न कवि कलाकार साहित्यकार र लेखकहरुकाे उपस्थिति रहेकाे थियाे ।

२०५५साल चैत ५ गते काभ्रेपलान्चोक जिल्लाको अनेकाेट लगायत जनयुद्धका समयमा विभिन्न ठाउमा बलिदान गर्ने करिब १७० जना भन्दा बढि साँस्कृतिक सहिदहरुकाे स्मृतिमा आज उक्त कार्यक्रम आयाेजना गरिएको थियाे ।

उक्त कार्यक्रमलाई शुभकामना मन्तब्य राख्दै बिशेष अतिथि डा. ज्ञवालीले भन्नुभयाे – आजसम्मका विभिन्न पार्टीका नेताहरूले बाहिय साँस्कृतिलाई त बुुझ्नु भयाे आफुभित्रकाे आदतकाे सांस्कृतिकलाई बुझ्न सक्नु भयन ,हरेक परिस्थितिमा सांस्कृति पनि बदलिनु पर्छ । र सद्भाव सहितको सफलता हासिल गर्नु” कुनै पनि सफलता हासिल गर्न हिम्मत र शाहास गर्नु पर्छ भन्ने संगित सहितकाे जाेसिलाे कविता बाचन गर्नु भयकाे थियाे । र कार्यक्रममा अध्यक्ष सुवेदीले कार्यपत्र प्रस्तुत गर्नु भयकाे थियाे भने । पार्टीका महासचिव र स्थायी कमिटीका सदस्यहरुले पार्टीका धारणाहरु सहित गहकिला बिचारहरु प्रस्तुत  गर्नु भयकाे थियाे ।

विचारगाेष्ठि कार्यक्रम पछि जन्तामा जाउ ! जन्ताकाे सेवा गराै !! भन्ने तिन महिने मेचि- महाकाली जन अभियानको उद्घाटन गरियकाे थियाे । उक्त कार्यक्रमको अध्यक्षता पार्टीका महासचिव समरजंगले गर्नु भयकाे थियाे भने संचालन स्थायी कमिटी सदस्य विनयराजले गर्नु भयकाे थियाे । र अभियान उद्घाटनमा सहभागीलाई शुभकामना सहित महत्त्वपूर्ण प्रशिक्षणमुलक भनाई महासचिव समरजंग र स्थायी कमिटी सदस्य अबशेषले दिनु भयकाे थियाे ।

पार्टीले चैत,बैशाख,र जेठ सम्म देशै भरि अभियान संचालन गर्ने र अभियान मार्फत जनभेटघाट जनपरिचालन,जनसंगठन निर्माण लगायतका महत्त्वपूर्ण काम गर्ने बताएको छ।

कार्यक्रमका तस्बिरमा हरु :