१९ जेष्ठ २०८२, सोमबार

शिवालयमा बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक कार्यक्रम सम्पन्न

जाजरकोट : शिवालय गाउपालिका जाजरकोटमा बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक कार्यक्रम सम्पन्न भयकाे छ ।

मधुरिमा कला केन्द्र जाजरकोटले आयाेजना गरेकाे उक्ति सडक नाटक कार्यक्रमका लागि महिला तथा बालबालिका शाखा शिवालय गाउपालिका जाजरकोटले आर्थिक सहयाेग गरेकाे थियाे ।

शिवालय गाउपालिका वडा न.४ सरस्वती मा.बि टाटा, वडा न.६ इन्द्रज्योती मा.बि थालारैकर, वडा न.६ खडगदेबि मा. बि.टुनिबगर, वडा न. ३ सरस्वती मा.बि सिमा,वडा न. ३ ने.रा मा बि सिस्ने, र ऐरेरी बजार शिवालय – ३  गरि जम्मा ६ वटा स्थानमा कार्यक्रम कार्यक्रम सम्पन्न भयको कार्यक्रमका संयाेजक रेशम बहादुर शाहीले बताय ।

उक्त कार्यक्रमका लागि ८ जना कलाकारहरुले बालबिवाह सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्दै आफ्नाे कला प्रस्तुति गरेका थिय ।बाल बिबाहका कारणले भोग्नु परेको घरेलु हिंसा को दृश्य अवलोकन गर्दै गर्दा बिद्यार्थीहरु भावुक भइरहेका थिय भने बालबिवाहका कारण समाज र ब्यक्तिगत जिवनमा परेका असरलाई नाटक प्रस्तुति संगै जनचेतना प्रवाह गरियकाे थियाे ।

२०८२ जेठ ८ गते देखि सुरु गरियकाे उक्त कार्यक्रम ११ गते सम्पन्न भयकाे थियाे भने कार्यक्रम करिव ३२०० जनाले सडक नाटक कार्यक्रम अवलोकन गरेका थिय भने कार्यक्रम सम्पन्न पछि कलाकार हरुलाई  गाउपालिका र बिद्यालयहरुले खाँदा र टीका लगाई सम्मानपुर्वक बिदाइ गरियकाे थियाे ।