काठमाडौं : अखिल क्रान्तिकारीले बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त गरेकाे छ ।
समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले ६१ ओैँ बिद्यार्थी दिवसका अवसरमा आज एक विज्ञप्ति मार्फत शुभकामना ब्यक्त गरेकाे हाे ।
संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनियकाे छ “सर्वप्रथम संघर्ष, बलिदान र विजयकाे ऐतिहासिक ६१ ओै बिद्यार्थी दिवसका अवसरमा सम्पुर्ण बिद्यार्थीलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौं,राणा पन्चायत र राजतन्त्र विरुद्धको आन्दोलनमा बलशाली सावित विद्यार्थी शक्तिले नवओैपनिवेशिक पुजीवादी संसदीय ब्यवस्थाकाे अन्त्य र वैज्ञानिक समाजवादी ब्यवस्थाका खातिर नयाँ कार्यभार पूरा गर्न जरुरी छ। नवओैपनिवेशिक पुजिवादि संसदीय ब्यवस्थाद्वारा निर्देशित नव ओैपनिवेशिक शिक्षा प्रणालीको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा प्रणालीका लागि विद्यार्थी हकहित एवम् अधिकार प्राप्तिको आन्दोलन तथा राष्ट्रिय,जनतन्त्र र जनजिविकाकाे त्रिआयाम संघर्षलाई वैज्ञानिक समाजवादी जनक्रान्ती संग एकाकार गर्न अपरिहार्य छ, त्यसको लागि सम्पूर्ण विद्यार्थी शक्ति एकताबद्ध रुपमा अगाडि बढ्न हार्दिक आव्हान गर्दैछौं ।” भनियकाे छ ।
शुभकामना वक्तव्य यस्तो छ :