जाजरकोट : प्रत्येक बर्षमा “बितु सिंह -बिन्दसरा सिंह स्मृति प्रतिष्ठान” द्वारा प्रदान गरिने छात्रवृत्ति पुरस्कार यस पटक पनि बितरण गरियकाे छ ।यश बर्षकाे प्रदान गरिएको छात्रवृत्ति जनकल्याण आधारभूत विद्यालय कुशे-२ टालेगाउँ-गुमथले जाजरकोटमा अध्ययनरत अपाङ्ग छात्र- कक्षा ४ का मिलन सिंह, र विद्यालय प्रथमतर्फ कक्षा – ६ मा अध्ययनरत छात्र बिरेन्द्र बहादुर सिंहले प्राप्त गरेका छन् ।
बिद्यालय मा संचालन गरियकाे उक्त कार्यक्रममा बिद्यालयका शिक्षक , अभिभावक र सम्पूर्ण बिद्यार्थीहरुकाे उपस्थितिमा उक्त कार्यक्रम गरियकाे बिद्यालयका प्रध्यानध्यापक तिलक बहादुर सिहंले बताउनु भयाे । स्वर्गीय बुवा बितु सिंह र आमा बिन्दासरा सिंहकाे स्मृतिमा २०७८ साल मा उक्त प्रतिष्ठान स्थापना गरि प्रत्येक बर्ष जेहन्दार बिद्यार्थीलाई नगत र केही शैक्षिक सामाग्री बितरण गर्ने गरियकाे प्रतिष्ठानका संयाेजक पुर्ण बहादुर सिंहले जानकारी दिनु भयाे।