९ असार २०८२, सोमबार

भानु नगरपालिका तनहुँमा स्थानीय मदिरामा ब्रान्डीङ्

तनहुँ :भानु नगरपालिका तनहुँले स्थानीय घरेलु मदिरालाई ब्रान्डिङ गरेकाे छ।

नगरपालिकाकाे गत २०८१ पुसकाे निर्णयमा नगरसभाबाट मदिराजन्य पेय पदार्थको व्यवस्थापन गर्न बनेको ऐन २०८१ पारित गरि घरेलु मदिरालाई ब्रान्डिङ गरेकाे हाे।

स्थानीयस्तरमा उत्पाद हुने कोदोलगगायत फलफुलको मदिरालाई गुणस्तर मापन गरी ब्रान्डिङ गर्ने गरी ऐन पारित गरिएको नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

उनका अनुसार ऐन पारित भएसँगै नियमावली र कार्यविधि बनाएर तीव्र गतिमा अगाडि बढाईयकाे र अहिले गाउँघरमा घरेलु मदिराका भट्टी चलिरहेका छन्।

“गाउँका भट्टीहरूलाई वैधानिक रूपमा दर्ता गरी कानुनी दायरामा ल्याई साना उद्योगका रूपमा सञ्चालन गर्छौं,’ उनले भने, ‘पालिकाभित्र जनजाति बस्ती धेरै भएकाले जन्मदेखि मृत्युसम्म मदिरा चल्छ।’

यसरी अगाडि बढ्दा लुकिछिपी मदिरा बिक्रीवितरणमा कमी आउने नगरपालिकाको अपेक्षा छ।