४ मंसिर २०८२, बिहीबार

दुर्गा प्रसाईं आफ्नै निवासबाट मध्यरात पक्राउ परेका छन

काठमाडौं :राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै दुर्गा प्रसाईंलाई मध्यराति पक्राउ गरेको छ । उनले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी टोली मध्यरातमा निवासमा पुगेको प्रसाईंका निकटतम एक ब्यक्तिले बताय ।

मेडिकल व्यवसायी प्रसाईंको निवासबाट उनलाई निकाल्दै गरिएको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा प्रसाईंले आफू गाडी चढ्दै गरेको खिच्न भनिरहेका छन्।

उनले सोमबार दिउँसो पत्रकार सम्मलेन गरेका थिए। प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको तयारीमा रहेका उनी राति पक्राउ परेका हुन् । यस अगाडि गृह मन्त्रालयमा प्रसाईंका तर्फबाट २६ बुँदे माग पत्र पेश भएको थियो। माग पूरा नभए शान्तिपूर्ण आन्दोलन हुने प्रतिबद्धता जनाएको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै पनि प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको स्रोतको भनाई छ।

प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान सुरक्षा सतर्कता अपनाउने तयारी गरेको हो ।

पछिल्लो समय उनले काठमाडौँ मेयर बालेन साहको घरमा आगो झोस्न, परिवारका सदस्यमाथि झम्टन निर्देशनात्मक अभिव्यक्ति दिएका थिए ।