४ मंसिर २०८२, बिहीबार

भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नु पर्छ र याेग्य जनप्रतिनिधि चुन्नु पर्छ – विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नुपर्ने बतायका छन ।निर्वाचन आयोगमा मंगलबार दल दर्ताको प्रमाणपत्र पाएपछि विप्लवले आगामी चुनावमा भाग लिने बताय। भ्रष्टाचारीलाई कालाे काेठरीका थुनेर देशलाई सम्बाेधन गर्ने, जन्ताका माग सम्बाेधन गर्ने याेग्य जनप्रतिनिधि बनायर चुनावमा जान्छाै ।  “माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जान्छ ।”

नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको उहाँको भनाइ छ ।

उहाँले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताउनु भयो । उहाँले सबै राजनितिक दलहरूको सहमतिमा निर्वाचन हुने पनि उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगले मंगलबार चन्द नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको छ। पार्टीको चुनाव चिन्ह भने गुलाब रहेको छ ।

आज दल दर्ता र चुनाव चिन्ह पाय पछि विप्लव, प्रकाण्ड लगायतका नेताहरु काे निर्वाचन आयाेगकाे कार्यलयमा बाक्लाे भिड थियाे ।पार्टीले दर्ता मान्यता पाय पछि झाकि सहित नारा जुलुस लगाउदै कार्यकर्ताहरुमा हर्ष उल्लास देखिन्थाे ।