२५ पुष २०८२, शुक्रबार

समाजसेवी लोक बहादुर टण्डनको आत्मकथा “ सङ्घर्षमय जीवन” अब अडियोमा

काठमाडौं । ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनको आत्मकथा “ संङ्घर्षमय जीवन ” अब अडियोमा समेत सुन्न पाईने भएको छ ।
करिब ७ महिना अगाडी सार्वजानिक गरिएको उक्त किताब लोक बहादुर टण्डनकै युटुब मार्फत आज एक कार्यक्रमबिच सार्वजानिक गरिएको हो ।
पुस्तकका लेखक तथा चक्रपथ सफाइ अभियानका संयोजक लोक बहादुर टण्डनको अध्यक्षतामा भएको अडियो सार्वजानिकीकरण कार्यक्रममा लामो समय शिक्षण पेसामा रहेर देशको सेवा गरेका बयोबृद्ध समाजसेवी तोयानाथ पौडेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानिवारीकी प्रमुख संचालिका सृजना अधिकारी, ग्रीनसिटी हस्पिटलका संचालक सदस्यहरु तथा पुस्तकलाई अडियो भ्वाईस दिने ईन्जिनियर सागर भुसाल,चक्रपथ सफाइ अभियानका अभियन्ताहरु तथा मिडियाकर्मीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभमकामना मनतव्य दिदै ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानिवारीकी प्रमुख संचालिका सृजना अधिकारीले यतिबेला संसारले शान्ति ,संमृद्धि र मानवियताको खोजि गरिरहेको अवस्थामा लोक बहादुर टण्डन जस्तो सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने व्यक्ति यो समाजले पाउनुनै ठुलो कुरा भएको बताउनु भयो ।
पुस्तक बाचन गर्ने क्रममा कयौं पटक आफु भावुक बनेको अनुभव सुनाउँदै किताबलाई अडियो भ्वाईस दिने ईन्जिनियर सागर भुसालले परिवर्तित विश्व परिवेशलाई सुहाउने गरि यो किताब अडियो प्लेटफर्ममा ल्याएको बताउनु भयो । सङ्घर्ष बाट मानिस सफल बन्न सक्छ भन्ने उदहारण बोकेको यो किताबको अडियोले समाज परिवर्तनको महत्वपुर्ण हिस्साबन्नेमा आफु बिस्वस्त रहेको समेत भुसालले बताउनु भयो ।
शुभकामना मनतव्य व्यक्त गर्दै बयोबृद्ध समाजसेवी तोयानाथ पौडेलले लोक बहादुर टण्डनको आत्म कथाको किताब भन्दा पनि दैनिकीनै नजिकैबाट आफुले पढेको भन्दै यो समाजले पत्याउने काम गरेकोले टण्डन सफल भएको बताउनु भयो । सबैले आफुले गरेको काम राम्रै हो भन्छन् तर त्यसले समाजमा पार्ने सकारात्मक र नकारात्मक प्रभावले उसको मुल्याङ्कन गर्ने हो भन्दै टण्डनको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण वरिष्ठ पत्रकार तथा पुस्तकका सम्पादक टंक पन्तले गर्नु भएको थियो भने व्यवस्थापनको जिम्मेवारी गायक तथा सामाजिक अभियन्ता तिलक बस्नेत र कमल जि.सी.ले गर्नु भएको थियो ।
कार्यक्रमलाई समापन गर्दै पुस्तकका लेखक टण्डनले यो जुनीमा गरेको कर्मको फल अर्को जुनी सम्म कुर्न नपर्ने भन्दै आफुले गरेको संघर्षले अरु कसैको जीवनमा परिवर्तन आउँछ की भन्ने सोचेर आत्मकथा लेख्ने प्रयास गरेको बताउनु भयो । आफुलाई यो स्थानमा पुर्याउन सहयोग गर्नुहुने घर परिवार,आफन्त,साथिभाई तथा यो समाजका अग्रजहरुलाई आफुले सधैं सम्मान गर्ने बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गर्नु भयो ।