काठमाडौं । नेवाः साधना कला केन्द्रले आयोजना गरेको एक भव्य सांगीतिक समारोहमा वरिष्ठ गायिका ज्ञानु राणा लाई “स्वरकी रानी” उपाधि र लाइफ टाइम एचिभमेन्ट सम्मान बाट सम्मानित गरियो ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सबैभन्दा आकर्षक पक्ष भनेकै संगीतका तीनै आयामहरूको संगम थियो ।
वरिष्ठ गायिका ज्ञानु राणाको जादुमय गायन, वाद्यवादनको सुमधुर धुन र आकर्षक नृत्यको बेजोड प्रस्तुतिले हलमा उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
संगीतमा,गायन,वादन र नृत्य यी तीनै विधा मिलेपछि मात्र कलाको पूर्णता हुन्छ । शब्दले बोल्छ, संगीतले महसुस गराउँछ र नृत्यले त्यसलाई देखाउँछ । कार्यक्रममा गायन, वादन र नृत्यको यो त्रिवेणीले नेपाली कला र संस्कृतिको जीवन्त स्वरूप झल्काएको थियो ।
