जाजरकोट ; समाजवादी कम्युनिस्ट पार्टी नेपालले “बर्तमान राजनीतिक समस्या र समाधान विषयीक अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेकाे छ ।
जाजरकोट जिल्लाको सदरमुकाम खलंगा स्थित राजनीतिक दलका प्रमुख, कार्यालयका प्रमुख, नागरिक समाज, बुद्धिजीवी र पत्रकारहरुकाे उपस्थितिमा साे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा नेकपा एमालेका कार्यवाहक अध्यक्ष विश्वविक्रम शाह , सचिव गाेपाल नेपाली , नेकपा बहुमतका कर्णाली ईन्चार्ज प्रेम बहादुर चलाउने (अनन्त), जिल्ला सचिव विश्व, हिमाल,भेरि ज्ञानाेदय बहुमुखी क्याम्पस जाजरकोटका प्रमुख चन्द्रबहादुर बुढा, पत्रकार महासंघका जिल्ला शाखा जाजरकोटका सचिव रेशम बहादुर खड्का, पत्रकार दिप बहादुर घर्ती,र काली बहादुर नेपाली लगायत जिल्लाका विभिन्न ब्यक्तित्वहरुकाे सहभागीतामा आईतवार सदरमुकाम स्थित भेरि नगरपालिकाकाे सभा हलमा कार्यक्रम संचालन भयकाे थियाे ।
कार्यक्रमकाे अध्यक्षता पार्टी पाेलिटब्युराे सदस्य हिरामणी रावल (मन्जित) र संचालन जनपक्षीय पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष रेडियम सिंहले गरेका थिए भने स्वागत मन्तब्य अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष विनाेद थापा सर्वजितले गरेका थिए । स्वागत मन्तब्य संगै सर्वजितले “बर्तमान राजनीतिक अवस्था संगै नेपाली मजदुरहरुकाे समस्याहरु र समाधानका उपायबारे प्रस्ट पारेका थिए र कार्यक्रममा उपस्थित सबैमा स्वागत याेग्य भनाइ राखेका थिए ।
कार्यक्रमा पार्टीका महासचिव समरजंगले अवधारणा संगै वर्तमान राजनितीक समस्या र समाधानका बारेमा प्रष्ट पारेका थिए । उनले भने “पछिल्लो जेन्जि विद्रोही पछि राष्ट्रिय राजनीतिमा ठुलाे तरंग पैदा भयकाे र विदेशी डिजाइनमा बनेको कठपुतली सरकार र उसले आयाेजना गरेकाे चुनाव पुर्ण रुपमा खारेज गर्ने र भाग नलिने बताय। उनले थप ´भने याे सरकार अवैध भयकाे र आगामी फागुनमा ताेकियकाे चुनाव फेरि पनि नेपाली जन्तामाथिकाे धाेका भयकाे र उक्त चुनावले फेरि पनि पुरानो संस्कारका नयाँ अनुसार ल्यायर झन देश कंगाल बनाउने सिवाय अरु केही नभयकाे बताय ” चुनाव अवज्ञा र वहिस्कार गर्नेका नाममा र फेरि जन्ताहरुलाई धाेका दिने युवाहरुलाई दुख दिने र विचाैलियाकाे राेल खेल्ने पक्षमा पनि आफुहरु नरहेको उनले बताए ।अबकाे विकल्प समाजवादी जनक्रान्तीबाट नै नेपाली समाजमा समाजवादी ब्यवस्था स्थापना हुने र सबैलाई उक्त क्रान्तिमा लाग्न आह्वान समेत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्यहरु ,जिल्ला स्थित राजनितीक दलका प्रमुख , कार्यालय प्रमुख , क्याम्पस प्रमुख , लगायतले आफ्ना जिज्ञासा, सुझाव र अनुभुतीजन्य भनाई राखेका थिए । पार्टीले जन्तामा जाओै ! जन्ताकाे सेवा गराै !! मेचीमहाकाली जनअभियान जाजरकोटबाट नै सुरु गरेकाे र देशै भरि हजारौं नेता कार्यक्रताहरु जन्तामाँझ पुगेकाे पार्टीका स्थायी कमिटी सदस्य विनयराज ले जानकारी दिए।

