२०८३ असार १५, सोमवार

महासंघ मलेसियाले गर्यौ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने घोषणा तथा कोषाध्यक्ष थापाको भव्य बिदाइ

मलेसियाबाट सन्जिव तामाङ को रिपोर्ट

 मलेसिया / नेपाल आदिवासी जनजाति महासंघ, प्रवास शाखा मलेसियाले आगामी ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिक उत्सव भव्य र ऐतिहासिक रूपमा मनाउने तयारीलाई तीव्र बनाएको छ।

आइतबार क्वालालम्पुरको कोतारायामा बसेको तयारी बैठकले कार्यक्रमलाई सफल बनाउन आवश्यक व्यवस्थापन, समन्वय र सहभागिताका विषयमा महत्वपूर्ण निर्णय गरेको छ। सहभागीहरूले आदिवासी दिवसलाई भाषा, संस्कृति, पहिचान र एकताको साझा उत्सवका रूपमा मनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैको सक्रिय सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।

यसै अवसरमा महासंघकी कोषाध्यक्ष अनिता थापाको बिदाइ कार्यक्रम पनि सम्पन्न गरिएको छ। उनको योगदानको सम्मान गर्दै आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरिएको महासंघले जनाएको छ।

मलाया खबर परिवारले पनि ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिक उत्सवको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन खटिने सबै आयोजक, स्वयंसेवक, सहयोगी संस्था र समुदायप्रति अग्रिम धन्यवाद ज्ञापन गरेको छ।