२०८३ असार १९, शुक्रवार

बर्दियामा भुमिहिन २९ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण

बर्दिया : बर्दियाको बढैयाताल गाउपालिकाले भुमिहिन २९ घरधुरी  सुकुम्बासिका परिवारलाई लालपुर्जा वितरण गरेको छ ।बिहिबार गाउँपालकाको वडा नम्बर ४ मानकिनार बस्तिका २९ घरधुरी भूमिहीन सुकुम्बासीका परिवारलाई लालपुर्जा बितरण गरेको गाउपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भयो। अध्यक्ष त्रिपाठीका अनुसार मालपोत, बन, र नापि कार्यालयको संयुक्त रोहबरमा प्रति घर परिवारलाई दश धुर देखि ६ /७ कठ्ठा सम्मको जग्गा वितरण गरियको हो ।

बिगत लामो समयसम्म अन्योलमा रहेका सुकुम्बासी परिवार जग्गाको लालपुर्जा हातमा पर्दा खुसी ब्यक्त गरिरहेका छन ।