जाजरकोट : भेरी नगरपालिका – २ राई रांङसी जाजरकोटमा लगातार बर्षा पछि आयको पहिरोले अस्थायी टहरा पुरिदा एकजनाको मृत्यु भयको छ ।
अस्थायी टहरामा सुतिरहेकी ६० बर्षिया जयशिला शाहको सोमबार राति १ बजे मृत्यु भयको हो । उनीसँग रहेकी ४० बर्षीया मेनुका शाह थापा र कृतिका थापा घाइते पछि जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख बुद्धिसागर पुरीले बताउनु भयो । बिहानै राहत सामग्रीसहित प्रहरीको टिम घटनास्थलतर्फ पठाइएको प्रमुख पुरीले जानकारी दिनुभयो।
