५ माघ २०८१, शनिबार

माैसम

बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

Breaking News, माैसम, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी, नेपालले भिषण वर्षा र बाढि पहिराेमा परि २९ गते राति ३:३० मा नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै एक शाेक वक्तव्य जारि गरेकाे छ । शुक्रबार पार्टीका संयोजक पुर्ण बहादुर सिंह "समरजंग"द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ, -देशका विभिन्न स्थानमा भारी वर्षाका कारण बाढी - पहिराे र दुर्घटनाबाट ठुलाे जन-धनकाे क्षति भयकाे छ।आज देश शाेकाकुल र स्तब्ध छ,नारायणगढ - मुग्लिन सडक खण्डको सिमतालमा पहिराेले दुईवटा (गाैर जाँदै गरेकाे गणपति डिलक्स र विरगन्ज- काठमाडौं चल्ने एन्जल) बस बगायर लगभग ६५ जना बेपत्ता भयका छन्। श्रमिक कम्युनिस्ट पार्टी नेपाल देशभर भयका घटनामा ज्यान गुमाउने सबै प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ। घाइतेहरुकाे शिघ्र स्वास्थ लाभकाे कामना तथा शाेकाकुल परिवारजनमा गह...
पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले  यकिन विवरण भने आई नसकेको बताए ।...
जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु , छ जना सकुशल उद्दार

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : खाेलाले बगाएपछि एक जना शिक्षकको मृत्यु छ   जनाकाे सकुशल उद्दार । अविरल वर्षाका कारण कुशे गा.पा. १ तारेचौर नजिकै खोलाले बगाउँदा साेहि गाउँपालिका वडा न ९ निवासी , श्री मालटाकुरा मा.वि.कुशे ४ मा कार्यरत शिक्षक ईन्द्र राेकायकाे मृत्यु भयकाे छ भने  ६ जनाको सकुशल उद्धार भयकाे छ । सनिवारकाे दिउसो  खाेलामा माछा मार्न गयकाे बेला साेहि ठाउँमा बास बसिरहेको अवस्थामा राति ८ बजे  एक्कासि खाेला बढेर आयपछि उनिहरुलाई बगायकाे थियाे । राजेन्द्र बहादुर शाही कुशे ४ तम्ती,खिम बहादुर शाही ,कुशे ४ तम्ती,पृथ्वी  बहादुर शाही कुशे ४ तम्ती,जीवन जैसी कुशे ४ अर्छानि,गोविन्द रावत ,कुशे १ तारेचौर र दिपक चलाउने कुशे १ तारेचौर, सकुशल उद्वार, गरियकाे थियाे । जाजरकोट आसपासका ठाउमा सनिवार निकै ठुलाे पानी परेपछि खाेला र नदिहरुकाे बहाव बढेकाे छ ।...
आज देशकाे केही भुभागमा पानी सहित हिउ पर्ने

आज देशकाे केही भुभागमा पानी सहित हिउ पर्ने

माैसम
काठमाडौं :हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
कर्णालीमा भारी हिमपात किसान उत्साहित,भुकम्प पिडित निराश

कर्णालीमा भारी हिमपात किसान उत्साहित,भुकम्प पिडित निराश

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : कर्णाली प्रदेशका हिमाली र पहाडि जिल्ला हुम्ला ,मुगु डाेल्पा जुम्ला, दैलेख,कालिकोट जाजरकोट र रुकुम लगायतका जिल्ला हरुमा हिउँ परे पछि किसानहरु उत्साहित भयका छन् भने भुकम्प ले घर भत्कायर त्रिपाल मुनि बस्दै आयका जाजरकोट र रुकुम लगायतका नागरिक हरु जाडाे बढे पछि निराशा भयकाे बताउँछन् । हिँउदेवाली बिग्रने भन्दै सबै किसानहरु चिन्तीत थिए ।बुधबार साँझ एक्कासि बादल लागेर रातिदेखि हिउँ पर्न थाल्याे र किसानहरुमा उत्साहकाे बहार आयाे। कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको  भूकम्पकाे समयअवधी ३ महिना पुगिसकेको छ । उक्त विनासकारी भूकम्पले ६५ हजारभन्दा बढी घरहरुमा बस्न नमिल्ने गरी क्षति भएको अवस्था छ । हाल सम्मा जाजरकोट र रुकुममा ३५ हजार बराबरका अस्थायी आवास निर्माण भयता पनि अझै साे आवासमा पिडितहरु सरेकाे अवस्था छैन । कतिपय पिडितहरु चर्किएका घरहरु भत्काउने वा नभत्काउने भन्ने ...
देशकाे सबै भुभागमा चिसाे निक्कै बढे पछि सचेत रहन माैसम बिद्हरुकाे सुझाब

देशकाे सबै भुभागमा चिसाे निक्कै बढे पछि सचेत रहन माैसम बिद्हरुकाे सुझाब

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाण्डौ : देशका सबै ठाउमा चिसाे निक्कै बढे पछि सबैलाई सचेत रहन माैसमबिद्हरुले सुझाव दियका छन्।देशका उच्च हिमालि र पहाडि भुभागमा हिउकाे कारण र तराईमा हुस्सु र कुईराेले देशकाे सबै भुभागमा यतिवेला निक्कै चिसाे बढेकाेले सबैलाई चिसाेबाट बच्न माैसमबिदहरुले सुझाव दियका हुन। उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा आज केहि। बढेको छ । हिजो तीन दशमलव पाँच डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज पाँच दशमलव एक डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान पौने ६ बजे मापन गर्दा हिजोभन्दा आज एक दशमलव छ डिग्री सेल्सियसले न्यूनतम तापक्रम बढेको मौसमविद् सञ्जीव अधिकारी जानकारी दिनुभयो । हिजो यो वर्षको जाडो सिजनको सबैभन्दा कम तापक्रम मापन गरिएको थियो। मौसमविद्का अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । अहिले मधेस ...
जाजरकोटमा चिसाेका कारण थप २जना भुकम्प पिडितकाे मृत्युु

जाजरकोटमा चिसाेका कारण थप २जना भुकम्प पिडितकाे मृत्युु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट:  जाजरकोटमा चिसाेका कारण थप दुईजना भुकम्प पिडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्मा र बारेकाेट गाउपालिका - ४ जिरिका ६८ वर्षिय लाल बहादुर रावतकाे  चिसोकै कारण मृत्यु भएको हो । कर्ण बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो , त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत कालागाउँ रिफर गरिएको थियो । तर सुर्खेत पुर्याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन शनिबार नै उनकाे मृत्यु भयाे । उता बारेकाेटका लालबहादुर भने दिर्घ राेगि भयकाे र भुकम्पले घर भत्कायपछि आफ्नै बारिमा पाल टाँगेर बसिरहेको अवस्थामा चिसाेले गर्दा शुक्रबार मृत्यु भयकाे बताईयकाे छ । भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको संख्या जाजरकोटमा ३२ र रुकुम पश्चिममा ५ गरी ३७ जनाको मृत्यु भैसकेको छ । हिउँदको कठ्यांग्र...
सिन्धुपाल्चोक केन्द्र बिन्दु भयर ५.० म्याग्निच्युडकाे भुकम्प गयाे

सिन्धुपाल्चोक केन्द्र बिन्दु भयर ५.० म्याग्निच्युडकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौ :राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भयर आईतवार राति १०: २१ मा ५.०म्याग्निच्युटकाे भूकम्प गएको जानकारी दिएको छ ।यश अघि देशका पश्चिमी भागमा पटकपटक विभिन्न स्केलका भुकम्प गयका थिय ।र कार्तिक १७ गते राति जाजरकोट केन्द्र बिन्दु भयर गयकाे ६.७ रेक्टर स्केलकाे भुकम्पले भने थुप्रै धन जनकाे क्षति गरेकाे थियाे । त्यस पछि १७५ पटक साना-साना भुकम्पका धक्का महसुस गरियकाे थियाे ।...
जाजरकोट भुकम्प पिडित बालबालिकाको कथा

जाजरकोट भुकम्प पिडित बालबालिकाको कथा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :भुकम्पले बालबालिकाको खुसी लुटेर अपांग जस्तै बानाएको छ । संगै पढ्ने साथिलाई लग्याे, काेहि अस्पतालमा छन् र पढ्ने भवन भत्किएका छन , स्कुल जाने बाटाे र मैदानको छेउमा झस्किदै  पढिरहेका छन् ।उनिहरुकाे मनमा उहीँ  कार्तिक १७ गतेकाे  बिनासकारी भुकम्पकाे यादले सताईरहेकाे छ ।भेरि नगरपालिकाकाे वडा न १ मा सबै भन्दा बढि मानवीय क्षति भयकाे थियाे एकै घरका ६जना सहित ३१ जनाकाे मृत्यु भयकाे र ११५ जना घाइते अवस्थामा  उपचारक्रममा छन । उक्त वडामा  सात वटा सामुदायिक बिद्यालय छन भने एउटा वाेर्डिङ स्कुल रहेकाे छ, सबै बिद्यालय र बाेर्डिङ स्कुल गरि जम्मा ११ सय बिद्यार्थी हरु अध्यनरत छन् ८ सय बिद्यार्थी साेहि वडाका छन भने , ३ सय जना रुकुम पश्चिम , नलगाड नगरपालिका र भेरि नगरपालिका वडा न. ३ का छन् । मृत्यु हुनेमा १७ जना स्कुल पढ्ने बालबालिका रहेकाे छन।  भेरिकाे चिसाे वाफ र बिहानकाे हुस्सुले गर्दा तेस क्षेत्रम...
जाजरकोटमा चिसाेले एक सुत्केरी युवतीको मृत्युु

जाजरकोटमा चिसाेले एक सुत्केरी युवतीको मृत्युु

Breaking News, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : जिल्लाको कुशे गाउँपालिका वडा न- ९ घर्तिगाउमा सुत्केरी युवतिको मृत्यु भयकाे छ । मंगलबार गाेठमा सुतिरहेकाे अवस्थामा राति चिसोको कारण ज्यान गयकाे बुझियकाे छ ।