जाजरकोट : जिल्लाको कुशे गाउँपालिका वडा न- ९ घर्तिगाउमा सुत्केरी युवतिको मृत्यु भयकाे छ ।
मंगलबार गाेठमा सुतिरहेकाे अवस्थामा राति चिसोको कारण ज्यान गयकाे बुझियकाे छ ।
काठमाडौं :आज देशका केही भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।ब
विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।...
जाजरकोट :भूकम्पले घर भत्किय पछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका वडा न. ८ कि २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब एक महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिए ।
नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् ।
चिसोका कारण जाजरकोटमा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका– २ का ८८ वर्ष...
जाजरकोट ।चिसोका कारण जाजरकोटमा ६ जनाएको मृत्यु भएको छ।भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, कुशे गाउँपालिका वडा न.२ टालेगाँउकि ८० बर्षिया मैमा सिंह,बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपाल बहादुर रावल , ४८ वर्षीया पम्फा रावल र बारेकोट गाउँपालिका– १ रामीडाँडाका डुमे पुनको चिसोका कारण मृत्यु भएको हाे ।
भुकम्प ले घरहरु चर्किएका र बस्न नलायक भय पछि त्रिपाल र गाेठमुनिकाे बसाइँसंगै चिसाेका कारणले ज्यान गयकाे जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिय।
दम,निमाेनिया,दीर्घरोगी भएका र चिसोका कारण रोगले च्याप्दै गएपछि उहाहरुकाे मृत्यु भयकाे प्रजिअ सुनारले बताय। उनका अनुसार भूकम्पपछि घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका करिव ३४ हजारभन्दा बढी घरपरिवार त्रिपाल र गाेठमुनि बस...
जाजरकोट ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो २:१५ को अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो ।
त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" आज भुकम्पले क्षति ग्रस्त भयकाे ठाउँमा, स्थलगत अध्यनका लागि बझाङ जादैछन । प्रधानमन्त्री सहित १८ जनाकाे टाेलि आज बझाङ जादै छ ।
प्रधानमन्त्री का साथमा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ ,परराष्ट्रमन्त्री एनपि साउद , सांसद भानुभक्त जाेशी, गृह सचिव , राष्ट्रिय बिपद् जाेखिम न्युनिकरण प्राधिकरणका प्रमुख लगायतकाे टिम जादैछन ।
गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्प मा परि २७ जना घाइते भयका छन भने एक जनाकाे मृत्यु भयकाे छ । प्रदेश भरि ७६ वटा निजि घर तथा एउटा सरकारी कार्यलय पुर्ण रुपमा क्षति भयकाे छ भने ३ सय १ निजि घर र ३२ वटा सरकारी कार्यलयमा आंशिक क्षति पुगेकाे सुदुरपश्चिम कार्य संचालन केन्द्रले जनायकाे छ ।
बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क...
काठमाडौं ।आज दिउसाे सुदुरपश्चिम केन्द्र बिन्दु भयर भुकम्प गयकाे छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हाे ।त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए ।
स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।...
जाजरकोट । जाजरकोट जिल्लामा चट्याङ लागेर दुईवटा भैंसी र दुईवटा गाेरु मरेका छन ।
शनिबार साँझ परेकाे अविरल वर्षा र चट्याङ ले जिल्लाको नलगाड नगरपालिका वडा नं ३ परिकरूवाका खम्ब प्रसाद थापाको गाेठमा परेको पानी र चट्टयाङका कारण दुईवटा भैंसी मरेका हुन । उता कुशे गाउपालिका वडा न २ माने टाेलमा बस्ने कर्ण बहादुर शाहिका दुईवटा गाेरु पनि चट्याङ लागेर मरेका छन ।
दुहुनो भैंसी र सिजनकाे बेला खेति गर्नका लागि पालियका गाेरु मरे पछि किसान चिन्तित छन । जाजरकोटमा पटक-पटक चट्याङले क्षति पुर्याउदै आयकाे छ ।, केही बर्षि पहिले एक जना र केही महिना अगाडि बारेकाेटमा २ जना महिलाको चट्याङ लागेर मृत्यु भयकाे थियाे । केही बर्ष पहिले कुशे पाटनमा चट्याङ लागेर सयाैंकाे संख्यामा भेडा बाख्राहरु पनि मरेका थिय । पटक-पटक प्राकृतिक प्रकाेपका कारण साँस्ती पाईरहेका जाजरकोट बासिका लागि याे अति नै दुखदायी क्षण हाे ...