२३ भाद्र २०८१, आईतवार

बाढी- पहिराेमा ज्यान गुमाउने प्रति, श्रमिक कम्युनिस्ट पार्टीको शाेक वक्तव्य

काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी, नेपालले भिषण वर्षा र बाढि पहिराेमा परि २९ गते राति ३:३० मा नारायणगढ – मुग्लिन सडक खण्डको सिमतालमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै एक शाेक वक्तव्य जारि गरेकाे छ ।

शुक्रबार पार्टीका संयोजक पुर्ण बहादुर सिंह “समरजंग”द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ, -देशका विभिन्न स्थानमा भारी वर्षाका कारण बाढी – पहिराे र दुर्घटनाबाट ठुलाे जन-धनकाे क्षति भयकाे छ।आज देश शाेकाकुल र स्तब्ध छ,नारायणगढ – मुग्लिन सडक खण्डको सिमतालमा पहिराेले दुईवटा (गाैर जाँदै गरेकाे गणपति डिलक्स र विरगन्ज- काठमाडौं चल्ने एन्जल) बस बगायर लगभग ६५ जना बेपत्ता भयका छन्। श्रमिक कम्युनिस्ट पार्टी नेपाल देशभर भयका घटनामा ज्यान गुमाउने सबै प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ। घाइतेहरुकाे शिघ्र स्वास्थ लाभकाे कामना तथा शाेकाकुल परिवारजनमा गहिराे संमबेदना ब्यक्त गर्दछ । बाढी – पहिराे आदि प्राकृतिक प्रकाेप र दुर्घटनामा जन- धनकाे क्षतिकाे उद्धार, राहत एवम् क्षतिपूर्तिको अविलम्ब ब्यवस्था गर्न  हाम्रो पार्टी सरकार संग जाेडदार माग गर्दछ। सम्पुर्ण पार्टी पङ्तिलाई उद्दार एवम् राहत कार्यमा जुट्न हार्दिक आव्हान गर्दछ।

प्रेस वक्तव्य यस्ताे छ