२३ भाद्र २०८१, आईतवार

अनेरास्ववियु क्रान्तिकारीकाे संयोजकमा ईन्जिनियर -भट्ट, ४१ जना केन्द्रीय कमिटि गठन

काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)  नयाँ संस्कार र प्रविधिको प्रयोग गर्दै बिशेष राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

सनिश्चवार काठमाडौंमा सम्पन्न भेलामा जनता – पार्टी/संगठन – नेता बिचकाे खाडल मेटाउने उदेश्यले प्रमुख अतिथि र अतिथिहरु मन्चमै नबसि सहयात्रीहरु संगै बसेर नयाँ संस्कारकाे थालनी गरिएको छ । मंचमा जान, अतिथिहरु लस्कर लागेर भाषण गर्न तछाडमछाड गर्ने, मंचमा उभिएर आफुलाई महान ठान्दै सहयात्री र जनताहरुमा नाेक्करशाहि चरित्रकाे व्यवहार प्रदर्शन गर्ने रवैया र प्रवृत्तिले सहयात्रि र जनताहरु याे प्रवृत्तिबाट आजित भएकोले यस्तो खाले परम्परालाई अन्त्य गर्ने उदेश्यले याे निति व्यवहार मै लागु गरिएको नेता विनयराजले बताय । यहीँ कुरालाई लागु गर्दै प्रमुख अतिथि  पार्टी,  संयाेजक समरजंग दर्शक दिर्गा मै बसेर माैनधारण गरेका थिय भने अन्य अतिथिहरु पनि दर्शक दिर्घा मै रहेर आसन ग्रहन गरेका थिय ।

त्यस्तै उक्त भेलामा प्रविधिलाई प्रयोग गरिएको थियाे। भेलामा विगतमा जहिले पनि ब्यानर टाँग्ने प्रचलनलाई पनि अन्त्य गर्दै ब्यानर कार्यक्रम अवधि भर नै प्राेजेक्टरमा देखाईएको थियो भने नवराज भट्टले प्रस्तुत- प्रतिवेदन र विधान पनि प्राेजेक्टर बाटै प्रस्तुत गरिएको थियोे । भेलामा श्रमिक कम्युनिस्ट पार्टी,नेपालका संयाेजक समरजंग प्रमुख अतिथि, अशोक सुवेदी, माधव गाैतम, हरि श्रेष्ठ, रण विक, बद्री चाैलागाई, सम्भु भुयाल, राेहित खत्री, वियस पाैडेल, सराेज न्याैपाने, ढुण्डिराज अधिकारी र सल्लाहकार समिति सदस्य शैलेस श्रेष्ठहरुकाे समेत उपस्थिति रहेको थियोे ।कार्यक्रममा जादुमय र राेचक साँस्कृतिक प्रस्तुतिहरु पनि प्रदर्शन गरियकाे थियाे भने बिश्वकै हाेचाे ब्यक्ति मनाेज गाेर्खालिले आफ्नाे प्रस्तुति प्रदर्शन गरेका थिय ।

नमराज विकको स्वागत मन्तव्यबाट शुरु भएको भेलाले ईन्जिनियर नवराज भट्टकाे नेतृत्वमा ४१ सदस्यीय राष्ट्रिय सम्मेलन आयाेजक समिति चयन गर्याे भने कार्यक्रमकाे संचालन कृष्ण खड्काले गरेका  थिय।

कार्यक्रमका फाेटाहरु :-