३१ भाद्र २०८१, सोमबार

पहिराेले अस्थायी टहरा पुर्‍याे, एकै घरका तीन जनाकाे मृत्युु

जाजरकोट : नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँ जाजरकोटमा  पहिरोले घर अस्थायी टहरा पुरिदा तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको हाे ।पहिरोमा परी ४२ वर्षीय लाल बहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोरा शुभम परियारको मृत्यु भएको छ । वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । अविरल वर्षा पछि आयकाे पहिरोले अस्थायी टहरा भत्काइदियो, दु:खद् घटना भयो । ठाउँठाउँमा पहिरो गएकाले जाजरकोटका विभिन्न बस्तिहरुमा जाने सडक अवरुद्ध हुनुकै साथै विद्युत पनि अवरुद्ध भएको वडाध्यक्ष खत्रीले जानकारी दिए ।