३१ भाद्र २०८१, सोमबार

लगातार वर्षा संगै आयकाे पहिराले छिन्चु-जाजरकोट सडक अवरुद्ध

जाजरकोट :लगातार वर्षा संगै आयकाे पहिराेले छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ। शुक्रबार बेलुकी देखि लगातार परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध हाे।

भेरी करिडोरअन्तर्गत पर्ने भेरी नगरपालिका–१३ कुदु, वडा नं ४ को बाेहरा गाउँ नजिकैको खहरेखोलाकाे भीर र छेडागाड नगरपालिका-१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको छ।भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले  सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो। केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध भयकाे प्रहरी पमुख पाण्डेले जानकारी दिए।

सडक डिभिजन कार्यालय बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ। चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ। पर्याप्त उपकराणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ।