२३ भाद्र २०८१, आईतवार

बाढि-पहिराेमा परी आज सम्मा १३१ जनाकाे मृत्यु,र १४४ जना घाइते भयका छन

जाजरकोट :बाढी-पहिरोलगायतका विपदमा परि आज सम्म  मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ भने १४४ जना बिपद जाेखिममा परि घाइते भयका छन् ।विपदमा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घाइतेहरुकाे बिभिन्न स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एकगरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् ।