३१ भाद्र २०८१, सोमबार

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

जाजरकोट : कर्णाली प्रदेश, जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका वडा -२ भेराकाे जमिन,भासिए पछि त्यस क्षेत्रमा पर्ने  बस्तीहरु जाेखिममा रहेका छन ।२०८०/ कार्तिक १७ गते गएकाे भुकम्पकाे असरले जमिनमा हलचल आएपछि यश बर्षकाे लगातार आयकाे बर्षाका कारण उक्त ठाउँको जमिन चिरा-चिरा परेकाे छ । करिब २०० मिटर लम्बाइ र ६०० मिटर चाैडाई क्षेत्रफलको जमीन भासिएकाे र उक्त ठाउँका रुखहरु ढलेका छन्, किसानले लगायका बालिपनि मासिएकाेले करिव ५५ घरदुरी अति जाेखिममा रहेकाे वडा अध्यक्ष मान बहादुर सिंहले बताउनु भयाे।

वडा अध्यक्ष सिंहका अनुसार,साे ठाउँका बस्तिहरु – चाेचेओडार, ,डाँडागाउँ,बाह्रसाङले,तिमिल्धारा,खरिक,बिगेतरा,झारगाउँ, बडिखाेला र गासेरा सम्माका बस्तिहरुमा पनि असर पर्ने भयकाले साे क्षेत्रमा पनि सबै जनालाई सचेत हुन जानकारी दिएकाे अध्यक्ष सिंहले बताउनु भयाे ।बर्षा सुरु हुनसाथ घर बाहिर आउनु पर्ने र माथितिर हेर्नु पर्ने मनमा डर रहेकाे त्यहाका स्थानीय अमर बहादुर सिंह बताउछन।

बस्ति जाेखिममा पर्ने सम्भावनालाई मध्यनजर गर्दै विपद ब्यवस्थापन समितिलाई पत्र पठाएको र साे क्षेत्रकाे अवलाेकन गरि सहयाेग गरिदिन सराेकारवाला निकाय संघ संस्था सबैमा अपिल गरियकाे अध्यक्ष सिंहले जानकारी दिनु भयाे ।

भुकम्पकाे असरले विभिन्न ठाउमा पहिराे जाने, ठाउँ- ठाउँमा पानीका मुल फुट्ने लगायतका समस्या हरु रहेकाे र कुनै ठाउहरुमा पहिलेका पुराना मुहान सुक्ने जस्ता समस्याहरु रहेकाे छ। तत्काल बस्ति स्थान्तरण नगरे ठुलाे भाैतिक र मानवीय क्षेति हुने सम्भावना रहेकाे छ । त्यसकारण उक्त क्षेत्रलाई सबैले जाेखिमयुक्त ठाउँ घाेषणा गरि बस्ति स्थान्तरणका लागि पहल गरिदिन सराेकार वाला सबैमा अपिल गरियकाे वडा अध्यक्ष सिंहले जानकारी दिनु भयाे ।