३१ भाद्र २०८१, सोमबार

नेकपा (माओवादी) ईलाम जिल्ला इन्चार्ज बिकल्प श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश

माेरङ : नेकपा ( माओवादी ) इलाम जिल्ला इन्चार्ज विपन अधिकारी ( बिकल्प )श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन ।

माेहन वैद्य किरण बाट, बिभाजन भयका महेश चाैधरीले नेतृत्व गरेकाे नेकपा ( माओवादी ) पार्टीका ईलाम जिल्ला ईन्चार्ज रहेका बिकल्प उप नामले चिनिने बिपिन अधिकारीले आईतवार एक विज्ञप्ति जारी गर्दै , श्रमिक कम्युनिस्ट पार्टी मा प्रवेश गरेका हुन ।

उनले भनेका छन -“आम नेपाली जन्ताकाे मुक्तिका लागि बिगत २०६७ साल देखि माेहन वैद्यले नेतृत्वको गरेकाे नेकपा-माओवादी,हुदै,बिप्लवले नेतृत्व गरेकाे नेकपा हुँदै फेरि वैद्यले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी हुँदै त्यस पछि महेश चाैधरीले नेतृत्व गरेका नेकपा ( माओवादी )काे ईलाम जिल्लाकाे ईन्चार्ज काे जिम्मेवारी पदमा रहेर काम गरेकाे र यी कुनै पार्टीबाट पनि समाजवादी जनक्रान्ति पूरा हुने अवस्था नदेखिएकोले अबकाे वैज्ञानिक समाजवादी जनक्रान्तिकाे नेतृत्व श्रमिक कम्युनिस्ट पार्टी नेपालले मात्र गर्ने भयकाेले उक्त पार्टीमा लामबद्ध भयकाे छु “।

विज्ञप्ति यस्तो छ :-