३१ भाद्र २०८१, सोमबार

दुवईमा बसेर नेपालमा आफ्नो प्रभाव जमाउँदै गरेमा ग्याङ स्टार जिके पाण्डेको आडमा मेनवापर सञ्चालन गदै आइरहेका बिष्ट र श्रेष्ठकोद्धन्द उत्कर्षमा पुग्दै

काठमाण्डौं । लामो समय देखि दुवईमा मेनवापरको काम गदै आइरहेका ब्लु ओसन कन्सल्टेन्सीका सञ्चालक सरोज विष्ट र जीसीडी मेनवापरका सञ्चालक रमेश श्रेष्ठ बिचको द्धन्द यतिबेला उत्कर्षमा पुगेको छ । उनिहरु बिचको द्धन्द मिडिया देखि सामाजीक सञ्जाल सम्म छरप्रष्ट भएका छन् भने त्यसको असर भौतिक रुपमा नेपाल सम्म परेको छ ।
व्यवसायीक बिषयमा सुरु भएको द्धन्द अहिले मिडियाबाजी गर्ने देखि गुण्डाप्रयोग गरि भौतिक आक्रमण गर्ने अवस्था सम्म पुगेको छ । श्रेष्ठले नेपालका केही मिडियामार्फत ब्लु ओसनविरुद्ध निरन्तर समाचार छपाएपछि विष्ट उनीसंग रुष्ट रहेको बताइएको छ । पछिल्लो समय यूएईमा रहेका नेपाली व्यवसायीहरुबीच विभिन्न कन्सल्टेन्सीको नाममा युवाहरूलाई युरोप,अमेरिका, अष्ट्रेलिया पुर्याउने चर्को प्रतिस्पर्धा छ ।
श्रेष्ठमाथि बिष्ट समुहले ‘जिके पाण्डे नाम’ का गुण्डा प्रयोग गरी भौतिक आक्रमणको प्रयास समेत गरेको बताइएको छ । बिष्ट समुहले उनीविरुद्ध समाचार लेखेको आरोपमा तिनै पाण्डे डन मार्फत दरबारमार्गस्थित एउटा अनलाइन मिडियाको कार्यालयमा समेत तोडफोडको प्रयास गरिएको बताइन्छ । नुवाकोट पञ्चकन्या घर भई हाल दुवईमै रहेका जिके पाण्डे नेपालमा आपराधीक पृष्ठभूमि रहेका गुण्डा हुन् ।

 

नुवाकोट, काठमाण्डौं हुंदै हाल दुवई सम्म पुगेका जिके डनका नेपालमा गुण्डागर्दी, कुटपीट लगायतका धेरै मुद्धाहरु प्रहरीका कार्यालयहरुमा रहेका छन् । काठमाण्डौंको गोंगबु बस्दा कुमार घैटेको सहयोगीको रुपमा रहेको यि डनले धेरै व्यवसायीहरुमाथी आक्रमण र कुटपीट गरेको आरोप समेत लागेको छ । नेपाल आर्मीका भगौडा रहेका पाण्डेले जनयुद्ध कालमा समेत नुवाकोटमा गुण्डागर्दीको काम गर्ने गरेको बताइन्छ । पछिल्लो समयमा नुवाकोट उद्योग बाणिज्य महासंघका अध्यक्षका भतिजालाई आक्रमण गरेपछि पाण्डे प्रहरीको इन्काउन्टर छल्न दुवई भागेका हुन् ।

दुवई स्थीत ब्लु ओसन कन्सल्टेन्सीका सञ्चालक सरोज विष्टसंग पुरानो सम्बन्ध रहेका जिके अहिले बिष्टकै आडभरोसामा दुवई र नेपालमा गुण्डागर्दी गदै आइरहेका छन् । पाण्डे अहिले दुवईमा बसेर नेपालमा गुण्डा परिचालन गर्ने गर्दछन् भने दुवईमा पनि उनको छुट्टै ग्याङ रहेको बताइएको छ । बिष्ट बिरुद्ध समाचार लेख्ने पत्रकार देखि उनिबिरुद्ध लाग्ने व्यवसायीहरुलाई समेत नछाडने भन्दै जिकेले गुण्डा परिचालन गर्ने गरेको बताइन्छ ।