२३ भाद्र २०८१, आईतवार

अविरल वर्षासंगै आएकाे बाढिले रुकुममा घर बगायाे , एक बालककाे मृत्यु , पाँच जना घाइते

काठमाडौं :रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भयका छन ।तीन जना घरभित्रै च्यापिएका छन् । घरभित्रै च्यापिएकाहरुको अवस्था थाहा हुन सकेको छैन ।गएराति गिजा खोलामा आएको बाढीको चपेटामा उनीहरु परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बखत शाहीले दिएको जानकारी अनुसार घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।एक जनाको शव बाहिरै फेला परेको छ । अरु तीन जना घरले च्यापिएको अवस्थामा छन् ।

घाईते हुनेहरुमा १२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी रहेका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर ११ स्थित धुर्सेनी बस्ती पनि शोभा खोलाको बाढीका कारण जोखिममा परेको स्थानीयले बताएका छन् ।

अविरल वर्षाले राडी–रिम्ना सडकखण्ड अन्तर्गत धुर्सेनी, बोझाबारी खोला, चिसापानी र भल्मा खोलामा आएको बाढीपहिरोले अवरुद्ध भएको सडक डोजरको सहायताले खुलाइएको थियो।

अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहित सुरक्षा निकाय, नेपाल रेडक्रस लगायतको टोली परिचालन भएको छ । अहिले नेपाल प्रहरी, आठविसकोट नगर प्रहरी र स्थानीयले खोज, उद्धार र उपचारको कार्यलाई प्राथमिकता दिएका छन् ।