२३ भाद्र २०८१, आईतवार

सचेतना नागरिक संस्थाद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ सम्पन्न

काठमाडौं :सचेतना नागरिक सस्था नेपाल आयोजनामा श्री तारकेश्वर धाममा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०८१ सम्पन्न भयकाे छ ।
२०८१ असार २३ गते पूर्वीङ्ग तथा समुद्घाटन भयकाे कार्यक्रम असार २४ गते देखि असार ३० गते सम्म भाग्वत पाठ पारायण तथा कथा प्रवचन प्रमुख वाचक पन्डित श्री विष्णु प्रसाद अर्याल ज्यूको मुखारविन्दुबाट भयकाे पितृ उद्धार तथा श्रीम‌द्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ ३१ गते आज हजारौं भक्तजनहरुकाे सहभागीतामा समापन भएको हाे, प्रचार -प्रसार समितिका संयोजक कृष्ण खड्का ले जानकारी दिए।

सचेतना नागरिक संस्था नेपालले विभिन्न सामाजिक रुपान्तरण र जन सचेतनाका कार्यक्रम संचालन गर्दै आहिरहेको छ । केहि समय अगाडि काब्य म्युजिक अवर्द मा पनि सहकार्य गरेको खड्काले बताए ।सचेतना नागरिक सस्था नेपालका अध्यक्ष दिपु उप्रेतीको माता स्वर्गीय रुकु उप्रेती , हजुरबुबा वीर बाहादुर उप्रेती ,हजुरआमा अमृत कुमारी उप्रेतीको १ बर्ष अगाडि २ महिनाको अन्तरालमा स्वोर्गारोहन भयकाे थियाे ।,उहाँ हरुकाे स्मृतिमा उक्त कार्यक्रम आयोजना गरेको उप्रेतीले बताए । कार्यक्रमकाे सम्पुर्ण ब्यवस्थापन  सचेतना नागरिक संस्था नेपालले गरेको थियो । आगामी दिनहरुमा पनि संस्थाले विभिन्न शिर्षकका कार्यक्रम आयाेजना गरेर जाने अध्यक्ष उप्रेतीले बताए ।