५ माघ २०८१, शनिबार

लगातार वर्षा संगै आयकाे बाढि र पहिराेमा परी देशै भरी सयाैंकाे ज्यान गयाै हजाराै बिस्तापित

बुटवल :देशै भरी लगातार आएकाे वर्षा संगै बाढी पहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने, ६७ जना बेपत्ता भएका छन् र १०१ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु ५ ,पाँचथर ५ ,र भक्तपुरमा ५,दोलखामा ३, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा १, उदयपुर १, इलाम १, सप्तरीमा १ र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ । लगातार वर्षा संगै खाेला , नदिहरुकाे पानीको बहाव बढेकाे छ । त्यस आसपास ठाउँहरुका सडकहरुमा यातायात अवरुद्ध भयका छन । हजाराै यात्रुहरु अल्पत्र परेका छन ।काठमाडौं – मुग्लिन सडक खण्डको माैवा खाेलामा यात्रुहरु सडकमै छाता ओडेर बसिरहेका तस्बिर –