२ कार्तिक २०८१, शुक्रबार

माओवादी केन्द्र निकट,अखिल (क्रान्तिकारी) को सम्मेलन कीर्तिपुरमा सुरु

काठमाडौं :काठमाडौंको कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सुरू भएको छ।

पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार दिउँसो सम्मेलन उद्घाटन गरेका हुन्।

पञ्चा सिंह अध्यक्ष रहेकाे संगठनको राष्ट्रिय सम्मेलनले अखिल (क्रान्तिकारी) मा नयाँ नेतृत्व दिनेछ।

खुला प्रतिस्पर्धाबाट विद्यार्थीको नेतृत्व चयन गर्ने पक्षमा माओवादी देखिएको छ।

अध्यक्ष पदमा २० जनाले दाबी गरेका छन्। तर मुख्य गरी चार जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ।

उपाध्यक्षहरू पवन कार्की, मदन भुल र नरेश रेग्मी तथा महासचिव दिपेश पुनलाई पार्टीका पदाधिकारीहरूकै समर्थन रहेकोले उनीहरूबीच प्रतिस्पर्धा हुने देखिएको हो।