३१ भाद्र २०८१, सोमबार

हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

काठमाडौं :सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको उनले जानकारी दिए । तीन घर बगाएको ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य भइरहेको छ, उनले भने ।  नेपाली सेनाका अनुसार ६ जनाको उद्धार गरिएको छ । ठुलाे क्षति भयकाे अनुमान गरिएको छ।