३१ भाद्र २०८१, सोमबार

“सेम ह्रो” गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । आज भोलि तामाङ भाषाका गीतहरु धमाधम बजारमा आउने लहरनै चलेको छ भन्दा फरक नपर्ला यहि सिलसिलाामा प्रेमगीत “सेम ह्रो” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यो गीत कसैको जिवनमा मेलखान सक्ने खालको भएको गायक तथा मोडल प्रकाश लामाले बताएका छन् ।
आज बर्गर टावर बौद्वमा एक विशेष पत्रकार सम्मेल गरि भिडियो सार्वजनिक गरिएको हो ।
वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतमा सम्पन्न पत्रकार सम्मेलनको सभापतित्व रिच्ची कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का निर्देशक रोजन लामा(क्षितिज)ले गरेका थिए भने कार्यक्रम सन्चालन तामाङ समुदायका चर्चित पत्रकार ,तामाङ पत्रकार संघका केन्द्रिय सदस्य तथा तेमाल अनलाईनका कार्यकारी सम्पादक सुदिन दोङले गरेका थिए ।
रिच्ची कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिको लगानीमा निर्माण गरिएको गीतको शब्द र संगीत गायक तथा संगीतकार प्रयास दोङले तयार गरेका हुन् भने गीतमा प्रकाश लामाको आवाजलाई चर्चित गायक जितु लोप्चनले पनि साथ दिएकाी छिन् । जसले गीतलाई अझ सुमधुर बनाएको गायक प्रकाश लामाको दावी छ ।
भिडियोमा गायक तथा मोडल प्रकाश लामा र नायिका सुस्मा मोक्तानले सशक्त अभिनय गरेका छन् ।
बिभिन्न गितहरुको निर्माण तथा स्वर दिएका प्रंकाश लामाले पहिलोपटक भिडियोमा अभिनय गरेका हुन् । अग्रजहरुको प्रेरणाले अभिनयगर्न सक्ने अवस्थामा पुगेको भन्दै मोडल लामाले अब बन्ने नयाँ गीतहरुमा परिआए आफैं मोडल बन्ने तर्फ संकेत समेत गरेका थिए ।
गीतको निर्देशन त्रिलोक लामाले गरेका हुन् ।
हाम्रो प्रतिनिधि संग कुराकानी गर्ने क्रममा नयाँ मोडल संग काम गर्दा पनि खासै असहज नभएको भन्दै मोडल सुस्मा मोक्तानले प्रकाश लामालाई सपोर्ट गरेकी थिईन् ।
यो भिडियो हेर्नुस्