३१ भाद्र २०८१, सोमबार

गाई कहिल्यै सकिदैन बलिदानको गाथा- कविता

लेखक : अशाेक सुवेदी

कविता :-लेखक – अशोक सुवेदी  गाई कहिल्यै सकिँदैन बलिदानको गाथा !

रगतले दोरम्बा रङ्गिएको दिन,
सर्वहारा नैतिकता चुलिएको दिन,
पेरिस कम्युन– कम्युनार्डको साहस ब्युँताउँदै,
जनयुद्धका कम्युनार्डले मृत्यु जितेको दिन !

जीवनको भिक माग्दै रोएनन् ती कत्ति
सर्वहारा अनुशासन तोडेनन् ती कत्ति
तानाशाही सत्तालाई दुत्कारेरै ढले
वर्गप्रति इमानदार भएर नै ढले !

तिम्रो त्यो वीरताले विश्वास अडेको छ
तिम्रो त्यो बलिदानले क्रान्ति बढेको छ
श्रद्धाञ्जली महान् सहिद, तिम्लाई लालसलाम !
त्याग, वीरता, बलिदानको साहसलाई सलाम !!

तिम्रो ब्याज खाने कयौँ पतीत भए ऐले
तिम्रो बलिदानले हाम्लाई साहस दिन्छ जहिल्यै
गाई कहिल्यै सकिँदैन बलिदानको गाथा
क्रान्ति झन्डा फर्फराउँदै बढ्छ सगरमाथा !!