३१ भाद्र २०८१, सोमबार

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको बागमती प्रदेश समिति गठन गर्न भेला आयोजक समिति घोषणा

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले बागमती प्रदेश समिति गठन गर्न भेला आयोजक समिति घोषणा गरेको छ ।
आज बानेश्वर थापागाउँ स्थित काठमाडौं बेङ्क्युट मा एक भव्य कार्यक्रम बिच भेला आयोजक समिति घोषणा गरिएको हो ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रारम्भिक भेलामा महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल, निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार निरन्जन कुमार श्रेष्ठ,महासंघका उपाध्यक्षहरु लगायत पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेश अन्तर्गत पर्ने १३ वटा जिल्ला मध्य रसुवा जिल्ला बाहेक सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रारम्भिक भेलाको औपचारिक कार्यक्रम ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय महासचिव बिवेकदास श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष ठुलोबाबु श्रेष्ठले महासंघको २८ औं साधारणसभा तथा ९ औं महाधिवेशनबाट निवार्चित केन्द्रिय समितिले गरेका कार्यहरु तथा आगामी कार्ययोजनाको बारेमा बोल्दै महासंघको संगठन बिस्तारमा महत्वपुर्ण योगदान पुर्याउने लुम्बिनी प्रदेश लाई बिशेष धन्यवाद समेत दिनु भएको थियो ।
बिधान संसोधन र संगठन बिस्तार अभियान संगै बढाएकोले तल्लो समितिमा केहि अस्प्रस्टता देखिएकोले चाँडैनै बिधान संसोधन प्रकृया टुङ्ग्याउन लागिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवालले बजारमा हल्लाभए जस्तो महासंघ भित्र कुनै किसिमको गुट उपगुट तथा वर्तमान अध्यक्ष संग द्वन्द नभएको भन्दै महासंघको हरेक योजना सफल बनाउन निवर्तमान अध्यक्षको हैसियतमा गर्नु पर्ने सबै जिम्बेवारी पुरागर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।
कार्यक्रममा निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार निरन्जन कुमार श्रेष्ठले महासंघलाई ब्यवस्थित बनाएर लैजाने कुरामा सबै एकमत हुँदै महासंघको बिधान बिपरित कार्यगर्न कसैेलाईपनि छुट नभएको बताउनु भयो ।
कार्यक्रममा बिभिन्न जिल्लाबाट उपस्थित भएका अध्यक्ष तथा प्रतिनिधिहरुले ग्रील तथा स्टील ब्यवसायी हरुलाई परेको पिर मर्कामा संगठनको भुमिका बारे बोल्नु भएको थियो ।
महासंघका उपाध्यक्ष तथा प्रदेश संयोजकहरुले प्रदेश समिति गठन र परिचालनमा जाने बारेमा जोड दिनु भएको थियो ।
पहिलोपल्ट घोषणा भएको भन्दै अधिकांश बक्ताहरुले लुम्बिनी प्रदेश समिति र अध्यक्ष अशोक बर्मालाई पटक पटक धन्यवाद दिनु भएको थियो ।
भेलाले महासंघका उपाध्यक्ष तथा बागमती प्रदेशका संयोजक डि आर पौडेल (प्रकाश) को संयोजकत्वमा एक भेला आयोजक समिति घोषणा गरेको छ ।
जसमा
संयोजक — डि आर पौडेल (प्रकाश)
सदस्यहरुमा
१) राजुलाल श्रेष्ठ (काठमाडौं)
२) रोहित श्रेष्ठ (काठमाडौं)
३)हरि लामिछाने (काठमाडौं)
४) गोपाल कार्की (काठमाडौं)
५) मिश्रीलाल श्रेष्ठ ( ललितपुर )
६) घनश्याम घिमिरे ( ललितपुर )
७) बलराम थापा (भक्तपुर)
८) बिरेन्द्र बहादुर दवाडी (चितवन)
९) राजन पौडेल ( चितवन )
१०) टिका बहादुर खड्का (मकवानपुर)
११) केशरमान बि.क. ( सिन्धुली )
१२) शेर बहादुर श्रेष्ठ ( काभ्रेपलान्चोक )
१३) बासुदेव चौधरी ( नुवाकोट )
१४) जनक श्रेष्ठ ( सिन्धुपाल्चोक)
१५) राम बहादुर बि.क. ( दोलखा )
यो समितिले तिन महिना भित्र यस प्रदेश भित्रका सबै जिल्ला समितिहरु संग समन्वय गरेर एक बृहत भेला आयोजना गरि पुर्ण रुपमा प्रदेश समिति निर्वाचित गराउने जिम्बेवारी तथा अधिकार पाएको ले सो बमोजिमको कार्यगर्न आफ्नो टिम सक्षम रहेको संयोजक डि आर पौडेल (प्रकाश) ले बताउनु भयो ।