
जाजरकोटमा चिसाेले ६ जना भुकम्प पिडितकाे मृत्युु
जाजरकोट ।चिसोका कारण जाजरकोटमा ६ जनाएको मृत्यु भएको छ।भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, कुशे गाउँपालिका वडा न.२ टालेगाँउकि ८० बर्षिया मैमा सिंह,बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपाल बहादुर रावल , ४८ वर्षीया पम्फा रावल र बारेकोट गाउँपालिका– १ रामीडाँडाका डुमे पुनको चिसोका कारण मृत्यु भएको हाे ।
भुकम्प ले घरहरु चर्किएका र बस्न नलायक भय पछि त्रिपाल र गाेठमुनिकाे बसाइँसंगै चिसाेका कारणले ज्यान गयकाे जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिय।
दम,निमाेनिया,दीर्घरोगी भएका र चिसोका कारण रोगले च्याप्दै गएपछि उहाहरुकाे मृत्यु भयकाे प्रजिअ सुनारले बताय। उनका अनुसार भूकम्पपछि घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका करिव ३४ हजारभन्दा बढी घरपरिवार त्रिपाल र गाेठमुनि बस...