११ श्रावण २०८१, शनिबार

जाजरकोटमा चिसाेका कारण थप २जना भुकम्प पिडितकाे मृत्युु

जाजरकोट:  जाजरकोटमा चिसाेका कारण थप दुईजना भुकम्प पिडितको मृत्यु भएको छ ।

भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्मा र बारेकाेट गाउपालिका – ४ जिरिका ६८ वर्षिय लाल बहादुर रावतकाे  चिसोकै कारण मृत्यु भएको हो ।

कर्ण बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो , त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत कालागाउँ रिफर गरिएको थियो । तर सुर्खेत पुर्याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन शनिबार नै उनकाे मृत्यु भयाे । उता बारेकाेटका लालबहादुर भने दिर्घ राेगि भयकाे र भुकम्पले घर भत्कायपछि आफ्नै बारिमा पाल टाँगेर बसिरहेको अवस्थामा चिसाेले गर्दा शुक्रबार मृत्यु भयकाे बताईयकाे छ ।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको संख्या जाजरकोटमा ३२ र रुकुम पश्चिममा ५ गरी ३७ जनाको मृत्यु भैसकेको छ । हिउँदको कठ्यांग्रिदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरुको ज्यान जाने क्रम रोकिन सकेको छैन ।