११ श्रावण २०८१, शनिबार

ललितपुरकाे सिडियाेकाे जिम्मा तुलसी बहादुर श्रेष्ठलाई

ललितपुर :गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ ।

बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टरमा तानिएकाे थियो ।

मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल गएका छन् ।