काठमाडौं : बिभिन्न पार्टीबाट विद्रोह गर्दै माेहन वैद्य “किरण”ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा यतिबेला प्रवेशको लहर बढेकाे छ । ६ नम्बर प्रदेश अन्तरगत बर्दिया जिल्लामा आज ५२ जना नेताकार्यकर्ताहरु ध्रुविकरण भएका छन् ।

नेपालमा अबको बिकल्पको रुपमा एक मात्र पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भएको निष्कर्षमा पुगेका ५२ जना नेता कार्यकर्ताहरु विभिन्न पार्टीबाट विद्रोह सुरु गरेका हुन्।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाको जिल्ला समितीद्धारा बर्दियाको मधुवन नगरपालीकामा आयोजित एक धुर्विकरण कार्यक्रमका बिचमा उनिहरुलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इञ्चार्ज संगम आर सि, पार्टीका बर्दिया जिल्ला इन्चार्ज शक्ति, जिल्ला संयोजक दिलमान लगाएत समग्र जिल्ला पार्टीले धुर्विकृत भएका नेता कार्यक्रता हरुलाई स्वागत गरेको थियाे ।
देशै भरि विभिन्न पार्टीबाट विद्रोह गर्दै मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा धुर्विकृत हुनेहरुको संख्या बढी रहेको छ। केही दिन अघि विप्लवले नेतृत्व गरेकाे नेकपाबाट २७ जना बिद्यार्थी नेताहरुले पनि अवकाे क्रान्तिकारी मुल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै भयकाे ठहर गर्दै साे पार्टीमा प्रवेस गरेका थिय ।

माेहन वैद्य “किरण” नै सच्चा, ईमान्दार , त्यागी र क्रान्तिकारी कम्युनिस्ट नेता भयकाेले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा देशै भरि प्रवेशको लहर बढेकाे छ ।